रसुवा डिष्टिलरी एण्ड फ्रुट्स इण्डिष्ट्रिज प्रालिले गर्यो २५ करोड बढी कर छली, पक्रन चासो दिएन प्रहरीले



 

अन्तःशुल्कको नक्कली स्टिकर र युपी (रक्सीको कर निर्धारण) मा समेत बदमासी गरी एउटै रक्सी उद्योगले २५ करोड भन्दा बढी राजस्व छली गरेको पाइएको छ । रसुवा डिष्टिलरी एण्ड फ्रुट्स इण्डिष्ट्रिज प्रालिले अन्तःशुल्कको नक्कली स्टिकर र युपीका आधारमा २५ करोड भन्दा बढी राजस्व छली गरेको हो ।

 

आन्तरिक राजस्व बिभाग स्रोतका अनुसार २५ करोड भन्दा बढी कर छली गरेको रसुवा डिष्टिलरीले रक्सी बिक्रि गरेबापतको एक करोड ३७ लाख रुपैया बक्यौतासमेत तिर्न अटेर गरेको पाइएको छ । स्रोतका अनुसार रसुवा डिष्टिलरीले आफैले अन्तःशुल्कको नक्कली स्टिकर निर्माण गरी बजारमा आफ्नो उत्पादन पठाएको हो । बजार अनुगमनको क्रममा नक्कली स्टिकर फेला परेपछि बिभागले सो डिष्टिलरीमाथि अनुसन्धान अघि बढाएको थियो ।

 

अनुसन्धानको क्रममा २५ करोड भन्दा बढी कर छली गरेको पाइएको एक अधिकृतले बताए । ‘शक्तिको आडमा नक्कली स्टिकर प्रयोग गरी बजारमा उत्पादन पठाउने गरेको पाइयो, रसुवा डिष्टिलरीले धेरै पहिलादेखि यस्तो काम गर्दै आएको देखिएको छ, अनुसन्धान अझै जारी छ,’ अनुसन्धानमा सहभागी एक अधिकारीले भने । उनका अनुसार सो डिष्टिलरीका सञ्चालक भीमसेनकुमार श्रेष्ठले बिभिन्न शक्तिकेन्द्रको आडमा अनुसन्धान नै अघि बढाउन नदिने र कर छल्ने काम गरेको पाइएको छ ।

 

बिभागले रक्सीमा कर छलेको थुप्रै उजुरी आउँदासमेत रसुवा डिष्टिलरीमाथि अनुसन्धान अघि बढाएको थिएन । तर झापा, मोरङ, सुनसरी, नवलपरासीदेखि अन्य थुप्रै जिल्लामा अन्तःशुल्कको नक्कली स्टिकर फेला परेपछि सो डिष्टिलरीको उत्पादन कक्ष र डिलरहरुमाथिसमेत अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा नक्कली स्टिकर आफै बनाउने गरेको तथ्य खुलेपछि बिभागले टिम नै बनाएर अनुसन्धान अघि बढाएको ती अधिकारीको भनाई छ ।

 

सो डिष्टिलरीले अन्य कम्पनीको ब्राण्डसमेत उस्तै आकार र कलरमा उत्पादन गरी कर उपभोक्ता र सरकारलाई ठग्ने संगठित अभियान अघि बढाएको तथ्यसमेत खुलेको छ । १ करोड २६ लाख भन्दा बढी बक्यौता नतिर्ने डिष्टिलरीले २५ करोड भन्दा बढी कर छली गरेको प्रमाण फेला परेपछि बिभागले दुई महिना अघि नै प्रहरीलाई पक्राउ गरी बुझाउन पत्रचार गरेको थियो । तर प्रहरीले अहिलेसम्म सञ्चालक श्रेष्ठलाई पक्राउ गर्न सकेको छैन ।

 

स्रोतका अनुसार उपत्यकाका प्रहरीदेखि उच्च राजनीतिक नेतासम्म पहुाच बनाएका कारण श्रेष्ठलाई पक्राउ गर्न प्रहरीले चासो दिएको छैन । श्रेष्ठलाई मदिरा उत्पादक संघका अध्यक्ष रबि केसीले जोगाइ रहेको र केसी राजनीतिक संरक्षण प्राप्त ब्यक्ति रहेको स्रोतले बतायो । केसी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीका नातेदार हुन । कार्की अख्तियार प्रमुख रहेको बेला केसी र श्रेष्ठले नै आन्तरिक राजस्व बिभाग चलाउने गरेका थिए ।

 

सोही कारण एक बर्ष अघिसम्म सधै आन्तरिक राजस्व बिभाग प्रमुखको गोप्य कोठामा रहने केसी र श्रेष्ठलाई पक्राउ गर्न प्रहरीले समेत चाहेको छैन । ‘प्रहरीमा दुवैको बलियो पहुँच रहेको कारण सामुन्नेमै रहेपनि पक्राउ नगर्ने, हामीले ताकेता गर्दा फरार छन, खोजी जारी छ भन्ने बनिबनाउ जवाफ आउने गरेको छ,’ अनुसन्धानमा संलग्न अर्का अधिकारी भन्छन । पछिल्लो समय प्रहरीले पक्राउका लागि महानगरीय प्रहरी बृत्त बालाजुमा पत्र पठाइएको छ ।

 

पहुँचकै कारण अख्तियारले भ्रष्टाचार मुद्दामा कार्वाही गर्नुअघि महानिर्देशक चुडामणि शर्माले रक्सीको बिषयमा कुनै छानविन नगर्न र बजार अनुगमनसमेत नगर्न निर्देशन दिएको बिभागकै कर्मचारी बताउँछन । अहिले पनि उनीहरुको बिभागमा बलियो पहुँच रहेको छ । ‘रक्सीमा युपीका आधारमा कर लाग्छ ।

 

रसुवा डिष्टिलरीले त्यसमा पनि कर छली गरेको छ, अन्तःशुल्कको नक्कली स्टिकर मात्रै होइन,’ ती अधिकारीले भने । आन्तरिक राजस्वले बक्यौंता नतिरेपछि तीन बर्ष अघि नै सूचना जारी गरी राजस्व बुझाउन भने पनि उनले तिर्न आनाकानी गर्दै आएको बिभाग स्रोतको भनाई छ । मदिरा उत्पादक संघका अध्यक्ष केसी र रसुवा डिष्टिलरीका सञ्चालक श्रेष्ठ मिलेर रक्सी र चुरोटमा सिन्डिकेट लादेको समेत बिभाग स्रोतको भनाई छ ।

 

‘उस्तै ब्राण्ड उत्पादन गर्न निवेदन दिएर बजारमा रक्सी पठाउने, नक्कली स्टिकर प्रयोग गर्ने र अन्य उत्पादक कम्पनीले प्रति कार्टुन ३३ सय राजस्व तिर्ने रक्सी ११ सय कर तिर्ने गरेर उपभोक्ता र सरकार दुवैलाई ठगी गरेको पाइएको छ,’ बिभागका एक अधिकारीले भने । बिभागले आफ्नो अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ । अव पनि प्रहरीले पक्राउ नगरे वारेन्ट जारी गर्ने तयारीमा आफूहरु पुगेको ती अधिकृतले जानकारी दिए । ‘प्रहरीले अव पनि पक्राउ गर्न सकेन भने वारेन्ट नै जारी गर्ने निश्कर्षमा पुगेका छौं,’ ती अधिकृतले भने ।

 

रसुवा डिष्टिलरीको कर छलीको बिषयमा बुझ्न आन्तरिक राजस्व बिभागका महानिर्देशक बिष्णुप्रसाद नेपालसँग सम्पर्क गर्दा केही बताउन चाहेनन । उनले अनुसन्धान भइरहेको र बिभागको टिमले काम गरी रहेको कारण थप बिषय बोल्न नमिल्ने बताए । ‘अनुसन्धान टोलीले काम गरिरहेको छ, अन्तिम निश्कर्ष आइसकेको छैन, यस बाहेक अन्य बिषय अनुसन्धानकै क्रममा रहेको छ,’ नेपालले भने ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा