नेपाल नागरिक उड्डयन प्राधिकरण नाफामा, सरकारलाई डेढ अर्ब बढी राजश्व बुझायो



हाम्रो इकोनोमि

 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५-७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ ।

क्यानले सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रमअनुसार चालू आवमा रु पाँच अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । विमानस्थल शुल्कबाट रु दुई अर्ब ३४ करोड सात लाख आम्दानी गर्ने योजना छ ।

 

 

क्यानको स्वीकृत बजेटमध्ये पूँजीगतर्फ रु ३४ अर्ब २५ करोड र कार्यालय सञ्चालनतर्फ रु तीन अर्ब ८६ करोड रहेको छ । चालू आवको बजेट स्रोतअन्तर्गत प्राधिकरणको रु २४ अर्ब ३२ करोड ५७ लाख र सरकारबाट ऋण अनुदान र शेयर लगानीसमेत गरी रु २० अर्ब ८५ करोड रहेको छ । यसमध्ये रु सात अर्ब ५२ करोड ३१ लाख शेयर लगानीमा, रु ११ अर्ब ८२ करोड ६९ लाख ऋण र एक अर्ब ५० करोड अनुदानमा आउने अपेक्षा लिएको क्यानले जनाएको छ ।

 

सात विमानस्थल नाफामा 
क्यानले सञ्चालन गरेका विमानस्थलमध्ये त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले गत आवको सञ्चालन नाफा रु पाँच अर्ब ८१ करोड छ । योसहित सात विमानस्थल मात्र नाफामा छन् बाँकी सबै घाटामा चलिरहेका छन् । पोखराको रु तीन करोड ६५ लाख कमाएको छ ।

 

प्रवक्ता श्रेष्ठका अनुसार लगानी गरेको हिसाबले सबै घाटामा भए पनि बजेट विनियोजन र लगानीको आधारमा हेर्दा सात वटा विमानस्थल मात्रै नाफामा छन् । सबैभन्दा बढी जनकपुर रु एक करोड ८० लाख घाटामा गएको छ ।

क्यानले सबैभन्दा बढी खर्च जग्गा खरीद बिक्रीमै गरेको छ । गत आवमा रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार २१२ खर्च भएको छ ।

 

गौतमबुद्ध विमानस्थलमा नौ अर्ब खर्च

क्यानको बजेट खर्चको हिसाबले आव २०७४-०७५ को असार मसान्तसम्ममा सबैभन्दा बढी गौतमबुद्ध विमानस्थल सुदृढीकरण आयोजनामा रु नौ अर्ब बढी खर्च भएको छ । जसमा रु आठ अर्ब ९५ करोड जग्गा अधिग्रहणमा खर्च भएको छ ।

 

डेढ अर्ब बढी राजश्व

क्यानले गत आवमा लाभांशबापत रु एक अर्ब ६३ करोड ५६ लाख सरकारलाई राजश्व तिरेको छ । ब्याज भुक्तानीमा रु २२ करोड ७६ लाख र सावा भुक्तानीमा रु ३० करोड ८३ लाख, आय करमा रु ५३ करोड र मूल्यअभिवृद्धि करमा रु ५४ करोड तिरेको छ ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति, निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल तथा हवाई प्रविधि तथा गुणस्तरीय जनशक्ति उत्पादनमा विशेष ध्यान दिइएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...