नेपाल नागरिक उड्डयन प्राधिकरण नाफामा, सरकारलाई डेढ अर्ब बढी राजश्व बुझायो



हाम्रो इकोनोमि

 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आव २०७५-७६ का लागि कूल रु ४५ अर्ब १७ करोड ५६ लाख ९५ हजार ५५३ बजेट विनियोजन गरेको छ ।

क्यानले सार्वजनिक गरेको बजेट, नीति तथा कार्यक्रमअनुसार चालू आवमा रु पाँच अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । विमानस्थल शुल्कबाट रु दुई अर्ब ३४ करोड सात लाख आम्दानी गर्ने योजना छ ।

 

 

क्यानको स्वीकृत बजेटमध्ये पूँजीगतर्फ रु ३४ अर्ब २५ करोड र कार्यालय सञ्चालनतर्फ रु तीन अर्ब ८६ करोड रहेको छ । चालू आवको बजेट स्रोतअन्तर्गत प्राधिकरणको रु २४ अर्ब ३२ करोड ५७ लाख र सरकारबाट ऋण अनुदान र शेयर लगानीसमेत गरी रु २० अर्ब ८५ करोड रहेको छ । यसमध्ये रु सात अर्ब ५२ करोड ३१ लाख शेयर लगानीमा, रु ११ अर्ब ८२ करोड ६९ लाख ऋण र एक अर्ब ५० करोड अनुदानमा आउने अपेक्षा लिएको क्यानले जनाएको छ ।

 

सात विमानस्थल नाफामा 
क्यानले सञ्चालन गरेका विमानस्थलमध्ये त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले गत आवको सञ्चालन नाफा रु पाँच अर्ब ८१ करोड छ । योसहित सात विमानस्थल मात्र नाफामा छन् बाँकी सबै घाटामा चलिरहेका छन् । पोखराको रु तीन करोड ६५ लाख कमाएको छ ।

 

प्रवक्ता श्रेष्ठका अनुसार लगानी गरेको हिसाबले सबै घाटामा भए पनि बजेट विनियोजन र लगानीको आधारमा हेर्दा सात वटा विमानस्थल मात्रै नाफामा छन् । सबैभन्दा बढी जनकपुर रु एक करोड ८० लाख घाटामा गएको छ ।

क्यानले सबैभन्दा बढी खर्च जग्गा खरीद बिक्रीमै गरेको छ । गत आवमा रु १४ अर्ब १८ करोड ५४ लाख ४२ हजार २१२ खर्च भएको छ ।

 

गौतमबुद्ध विमानस्थलमा नौ अर्ब खर्च

क्यानको बजेट खर्चको हिसाबले आव २०७४-०७५ को असार मसान्तसम्ममा सबैभन्दा बढी गौतमबुद्ध विमानस्थल सुदृढीकरण आयोजनामा रु नौ अर्ब बढी खर्च भएको छ । जसमा रु आठ अर्ब ९५ करोड जग्गा अधिग्रहणमा खर्च भएको छ ।

 

डेढ अर्ब बढी राजश्व

क्यानले गत आवमा लाभांशबापत रु एक अर्ब ६३ करोड ५६ लाख सरकारलाई राजश्व तिरेको छ । ब्याज भुक्तानीमा रु २२ करोड ७६ लाख र सावा भुक्तानीमा रु ३० करोड ८३ लाख, आय करमा रु ५३ करोड र मूल्यअभिवृद्धि करमा रु ५४ करोड तिरेको छ ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति, निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल तथा हवाई प्रविधि तथा गुणस्तरीय जनशक्ति उत्पादनमा विशेष ध्यान दिइएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...