नेविसंघमा ३२ वर्षे उमेरहदको विवादले देउवा र रामचन्द्र समुहको अलग अलग भेला, देउवा पक्ष कमजोर



हाम्रो इकोनोमि

 

३२ वर्षे उमेरहदले नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशन प्रभावित बन्न सक्ने खतरा देखिएको छ । निर्धारित कार्यकाल दुई वर्षमा १२औँ महाधिवेशन नभएपछि नेविसंघका पदाधिकारीले पार्टीलाई तीन महिनामा महाधिवेशन गर्न सकिने प्रतिबद्धता जनाएपछि मंसिरसम्म कार्यकाल थपिएको छ । तर, यो तीन महिनालाई ३२ वर्षे उमेरहदले जोखिममा पार्ने देखिएको हो ।

 

पदाधिकारीसहितमा निर्वाचित हुन ३२ वर्ष ननाघेको हुनुपर्ने नियम यसपटकदेखि लागू हुँदै छ । तर, यो नियम लागू हुँदा अहिलेका पदाधिकारीहरूले महाधिवेशनमा उठ्नै नपाउने भएकाले फेरि पनि महाधिवेशन नहुने हो कि भन्ने शंका उब्जिएको हो । ‘नेविसंघका वर्तमान पदाधिकारीहरूले नै तीन महिनाभित्र महाधिवेशन गर्न सक्छौँ भन्ने कार्ययोजना ल्याएपछि तीन महिना थप समय दिन पार्टी तयार भएको हो,’ नेविसंघको विवाद मिलाउन बनेको निर्देशक समितिका एक सदस्यले भने, ‘यो पटकटदेखि ३२ वर्षे उमेरहद लागू हुँदै छ ।

 

नयाँ नियमले अहिलेका पदाधिकारी उम्मेदवार हुन पाउँदैनन् । किनकि उनीहरू अधिकांश ३२ वर्षमाथिका छन् । आफू पदाधिकारी बन्न नपाउँदा अरूलाई नेता बन्ने बाटो खुलाउने गरी पदाधिकारीहरूले महाधिवेशन गर्न सक्रियता देखाउँदैनन् कि भन्ने आशंका पनि छ ।’

 

उमेरहद हटाउँदा संस्थापनलाई घाटा
पछिल्लो समय कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थामा संस्थापनलाई पौडेल र सिटौला पक्षले चुनौती मात्रै दिएको छैन, शिक्षक संघ, कानुन व्यवसायीको संस्था डिएलए, मजदुरहरूको संस्थामा नेतृत्व नै यिनीहरूले लिन सफल भएका छन् । यस्तोमा ३२ वर्ष उमेरहद हटाएर महाधिवेशन गर्दा आफूहरू कमजोर हुने बुझाइ संस्थापन पक्षको छ । यस्तो हुँदा ३२ वर्षे उमेरहद कुनै हालतमा नहटाउने पक्षमा संस्थापन छ ।

 

‘पछिल्लो समय संस्थापन कमजोर बन्दै जाँदा ३२ वर्ष फुकाएर महाधिवेशन गर्दा नेतृत्व सिनियर नेताहरू नेविसंघको नेतृत्वमा आउँदा धेरै असर गर्ने बुझाइ उहाँहरूको छ,’ एक नेता भन्छन्, ‘यस्तोमा उमेरहद ३२ लागू गराउँने र महाधिवेशनमा ३२ वर्ष उमेर नपुगेकाहरू निर्वाचित हुँदा हारे पनि आफूहरूलाई धेरै असर नगर्ने बुझाइ संस्थापनको छ ।’

 

विधान सम्मेलन नहुँदाको असर
नेविसंघमा पदाधिकारी, जिल्ला अध्यक्ष, क्याम्पसका अध्यक्षको सिनेट भेलाले विधान सम्मेलन गरेर उमेरहदबारे निर्णय गर्न सक्छ । तर, केही जिल्ला र क्यासम्पसहरूमा अझै विवाद भएका कारण यिनीहरूमा को अध्यक्ष भन्ने नै विवाद छ । यस्तोमा तलका विधान सम्मेलन गरेर उमेरहदको निर्णय लिने समय नेविसंघलाई छैन ।

 

पौडेल भन्छन् अवसर र स्वार्थ हेर्न हुन्न
नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल नेविसंघमा कसैले पनि गलत आशयले काम गर्न नहुने बताए । ‘वर्षौसम्म नेतृत्वविना चल्ने । बल्ल नेतृत्व निर्वाचित हुने भएपछि अब आफ्ना व्यक्तिगत स्वार्थमा नेता उत्पादन गर्ने संस्थालाई आफ्नो स्वार्थमा कसैले प्रयोग गर्नुहुन्न,’ उनले भने, ‘आफ्नो व्यक्तिगत स्वार्थभन्दा पार्टीको संगठनको स्वार्थ हेर्नुपर्छ ।’

 

महाधिवेशनको कार्यतालिकाबारे नेविसंघ छलफलमा
तीन महिनाको समय पाएपछि नेविसंघको पदाधिकारी बैठकले तीन महिनाको कार्यतालिका, विधानको मस्यौदा, महाधिवेशन प्रतिनिधि, सदस्यता वितरणसहितका विषय अघि बढाउनेबारे छलफल गरेको छ । तीन महिनाभित्र महाधिवेशन गर्ने कार्यतालिका बनाउन ६ या ७ भदौमा केन्द्रीय समितिको बैठक डाकिएको अध्यक्ष नैनसिंह महरले बताए ।

 

उमेरले समस्या नपार्ने अध्यक्ष र महामन्त्रीको दाबी
नेविसंघ अध्यक्ष नैनसिंह महर ३२ वर्षे उमेरहदका विषयमा नेविसंघका केन्द्रीय समिति माउ पार्टीले अन्तिम निर्णय गर्ने बताउँछन् । ‘उमेरहद हटाउनेररनहटाउने विधानको मस्यौदाले तय गर्छ । केन्द्रीय समितिले निर्णय गर्छ,’ उनले भने, ‘अन्तिम निर्णय पार्टीले नै गर्ने हो ।’

 

अन्तिम समयसम्म महाधिवेशन गर्न लाग्ने भन्दै उनले ८ महिनासम्म बैठकमा नआउाने, विवाद झिक्नेजस्ता काम हुँदा समस्या आएको बताए । ‘७७ मध्ये पाँच जिल्लामा विवाद छ । दुई हजार क्याम्पसमध्ये ६ वटामा मात्र विवाद छ,’ उनले भने । नेविसंघका महामन्त्री कुन्दन काफ्ले उमेरले समस्या नपार्ने बताउँछन् । विधान सम्मेलन गरेर कुन उमेरका लड्न पाउने वा नपाउने नेविसंघ आफैंले निर्णय गर्न पाउनुपर्ने उनको भनाइ छ ।

August 20, 2018मा प्रकाशित

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...