आयल निगमले फेरी बढायो तेलको भाऊ



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ। आइतबारराति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजल र मट्टीतेलमा २ रुपैयाँ, हवाई इन्धन (आन्तरिक उडानतर्फ) ४ रुपैयाँ ५० पैसा तथा हवाई इन्धन (वाह्य उडान) मा प्रतिहजार लिटरमा ५० अमेरिकी डलर वृद्धि गरेको हो।

नयाँ मुल्य अनुसार अब पेट्रोल प्रति लिटर १ सय ११ , डिजल तथा मट्टीतेल ९५, हवाई इन्धन (आन्तरिक उडानतर्फ) १ सय ४ रुपैयांँ ५० पैसा तथा  हवाई इन्धन (वाह्य उडान) तर्फ प्रतिहजार लिटरको मुल्य १ हजार १ सय २५ डलर पुगेको छ। निगमले ग्याँसको मुल्य भने यथावत राखेको छ।

नयाँ मुल्य लागु भएपछि निगमलार्इ पेट्रोलमा प्रतिलिटर ६५ पैसा फाइदा हुनेछ भने डिजलमा ७० पैसा घाटा हुनेछ। यस्तै ग्याँसमा भने प्रति सिलिण्डर २ सय ८० रूपैयाँ ६४ पैसा घाटा रहेको निगमले जानकारी दिएको छ।

स्वतः संचालित मूल्य संरचना अनुरुप पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरिएको निगमले बताएको छ।

निगमले विभिन्न तथ्यांक पेश गर्दै १५ दिनमा २५ करोड घाटा भएको जनाएको छ । तर कमिशन रोक्नेबारे कुनै पनि योजना सुनाएको छैन ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...