आयल निगमले फेरी बढायो तेलको भाऊ



 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ। आइतबारराति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा १ रुपैयाँ, डिजल र मट्टीतेलमा २ रुपैयाँ, हवाई इन्धन (आन्तरिक उडानतर्फ) ४ रुपैयाँ ५० पैसा तथा हवाई इन्धन (वाह्य उडान) मा प्रतिहजार लिटरमा ५० अमेरिकी डलर वृद्धि गरेको हो।

नयाँ मुल्य अनुसार अब पेट्रोल प्रति लिटर १ सय ११ , डिजल तथा मट्टीतेल ९५, हवाई इन्धन (आन्तरिक उडानतर्फ) १ सय ४ रुपैयांँ ५० पैसा तथा  हवाई इन्धन (वाह्य उडान) तर्फ प्रतिहजार लिटरको मुल्य १ हजार १ सय २५ डलर पुगेको छ। निगमले ग्याँसको मुल्य भने यथावत राखेको छ।

नयाँ मुल्य लागु भएपछि निगमलार्इ पेट्रोलमा प्रतिलिटर ६५ पैसा फाइदा हुनेछ भने डिजलमा ७० पैसा घाटा हुनेछ। यस्तै ग्याँसमा भने प्रति सिलिण्डर २ सय ८० रूपैयाँ ६४ पैसा घाटा रहेको निगमले जानकारी दिएको छ।

स्वतः संचालित मूल्य संरचना अनुरुप पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरिएको निगमले बताएको छ।

निगमले विभिन्न तथ्यांक पेश गर्दै १५ दिनमा २५ करोड घाटा भएको जनाएको छ । तर कमिशन रोक्नेबारे कुनै पनि योजना सुनाएको छैन ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा