त्रिविको चरम लापरबाही : ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल



हाम्रो इकोनोमि

 

त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित बनेका छन् । जबकि, उनीहरूसँग प्रत्येक सेमेस्टरमा पास भएको ग्रेडसिट छ ।

 

परीक्षासम्बन्धी त्रिविले तयार पारेको कार्यविधिबारे विद्यार्थी, प्राध्यापकदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म बेखबर रहेका कारण यस्तो झमेला आएको हो । कार्यविधिमा विषयगत रूपमा पास हुन जिपिए २.७, तर औसतमा उपाधि पाउन जिपिए ३.० ल्याउनुपर्ने व्यवस्था छ । स्रोतका अनुसार सेमेस्टर सुरु हुँदा कार्यविधि नबनेको र पढाइ सुरु भएपछि बनेको कार्यविधिमा त्रिविका प्राध्यापक तथा विद्यार्थी बेखबर भएका हुन् ।

 

त्रिविले ०७० देखि केन्द्रीय विभागहरूमा सेमेस्टर प्रणाली सुरु गरेको थियो । चार सेमेस्टर पढिसकेर शोधपत्रसमेत तयार गरी ट्रान्सक्रिप्ट लगेको झन्डै एक वर्षमा मात्र फेल भएको खबर पाएपछि विद्यार्थी आक्रोशित भएका हुन् । सेमेस्टर प्रणालीको डिन कार्यालयबाट परीक्षाको काम सञ्चालन हुँदै आएको छ । डिन कार्यालयहरूले परीक्षामा पास भएको ग्रेडसिट दिएको र त्यसका आधारमा परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सक्रिप्ट जारी गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

 

नौ महिनापछि त्रिविले रोक्यो ट्रान्सक्रिप्ट
त्रिवि डिन कार्यालयले स्नातकोत्तर तहमा प्रत्येक विषयमा जिपिए २.७ ल्याउनेलाई विषयगत रूपमा उत्तीर्ण भएको ग्रेडसिट दिएको थियो । पहिलोपटक नौ महिनापहिले कुल जिपिए २.७ ल्याउने विद्यार्थीलाई समेत ट्रान्सक्रिप्ट जारी गरेको थियो ।

 

परीक्षा नियन्त्रक जोशीले पत्रकारितालगायत विषयमा नौ महिनादेखि नै ट्रान्सक्रिप्ट जारी भएको र अहिले डिन कार्यालयबाट पास हुन कुल जिपिए ३.० ल्याउनुपर्ने जानकारी आएपछि रोकेको बताए । जिपिए २.७ ल्याउनेले समेत यसअघि नै ट्रान्सक्रिप्ट लगिसकेका छन् ।

 

स्रोतका अनुसार उत्तीर्ण भएर ट्रान्सक्रिप्ट लिएर विदेशमा छात्रवृत्तिमा पढिरहेका विद्यार्थीसमेत संकटमा परेका छन् । त्रिविका मानविकी, विज्ञान, व्यवस्थापनलगायत संकायमा यस्तो समस्या पाइएको हो । त्रिवि सेमेस्टरको पहिलो र दोस्रो ब्याचमा बढी समस्या देखिएको हो ।

 

ट्रान्सक्रिप्टमा  हातले फेल लेखियो
त्रिविले जारी गरेका ट्रान्सक्रिप्टमा हातैले फेल लेखेको छ । फेल भएको विद्यार्थीलाई ट्रान्सक्रिप्ट जारी नै गर्न मिल्दैन । तर, पनिकाले जारी गरेको ट्रान्सक्रिप्टमा समेत ‘यो फेल छ’ लेखेको पाइएको छ ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...