प्रचण्डमाथि घात गर्दै छन् केपी ?!



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सरकार छ अहिले देशमा । उनीहरूले गरेको एकतालाई विश्वास गर्दै जनताले पनि स्थायी सरकारका लागि उक्त पार्टीलाई बहुमत दिएका हुन् ।

 

सरकार एकीकरणका बेला दुवै पार्टीका शक्तिशाली नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकार सञ्चालनबारे समय निर्धारण गरेका समाचार पनि बाहिर आएका हुन् ।

 

तर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले सरकार सञ्चालनका लागि भएको भनिएको समय–सहमति तोड्ने संकेत गरेका छन् । शनिबार प्रदेश २ को सभालाई सम्बोधन गर्दै ओलीले सो कुराको संकेत गरेका हुन् ।

 

उनले प्रदेश २ सभालाई सम्बोधन गर्दै भने– हामीबाट जनताले ठूलो आशा राखेका छन् । स्थानीय तहको निर्वाचन भएको करिब एक वर्ष भइसक्यो, तर जनताले अनुभूत गर्न सक्ने परिवर्तन भएका छैनन् । अब तपाईंहरूको कार्यकाल भनेको चार वर्ष मात्रै हो । यस अवधिमा जनताले अनुभूत गर्ने विकास निर्माणका काम सम्पन्न गर्नुहोस् ।

 

प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा उनले अगाडि भने– ‘तपाईंहरूको जस्तै मेरो कार्यकाल पनि पाँचै वर्षको मात्र हो, त्यसमा ६ महिना त व्यतीत भइसक्यो, अब यस्तै ९ वटा ६ महिना बाँकी छन् ।’

 

यसको अर्थ अब साढे चार वर्ष नै देशको प्रधानमन्त्री केपी ओली नै बन्ने हो भन्ने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ । यदि उनले यही संकेत प्रदेश २ सभाबाट गरेका हुन् भने यी दुई दलको गाँठो कत्तिको कसिलो बन्न सक्ला चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...