प्रदेश ३ को राजधानी चितवन, मकवानपुर, भक्तपुर, नुवाकोट र काभ्रेपलाञ्चोक कहाँ भन्नेमा संसदहरु बिच नै मारामार



हाम्रो इकोनोमि

 

 

प्रदेश ३ को स्थायी राजधानीका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ । मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्लालाई समितिले प्रस्ताव गरेको हो ।

 

प्रदेशसभाले गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो । सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई दृष्टिगत गरी समितिले ती १३ जिल्लामध्ये पाँच जिल्ला उपयुक्त हुने ठहर गरेको संयोजक निरौलाले जानकारी दिए ।

 

सम्बन्धित जिल्लाका विभिन्न राजनीतिक दल तथा नेताले राजधानी आ–आफ्नो जिल्लामा बनाउन प्रयत्न गरिरहेका छन् । असारको तेस्रो हप्तामा अध्ययन सकेर प्रतिवेदन उक्त सभालाई बुझाइएको समिति सदस्य बसन्त मानन्धरले बताए ।

संविधानले नै प्रदेशको राजधानी तोक्ने र नामाकरण गर्ने कार्य प्रदेशसभाको भनिए पनि नाम तोक्ने विषयमा उच्च अदालतमा मुद्दा परेका कारण छलफलको प्रक्रिया अगाडि बढ्न नसकेको समितिले जनाएको छ ।

 

चितवन 

करीब दुई हजार २३८ वर्ग किमी क्षेत्रफल रहेको चितवनमा करीब ९०० वर्ग किमी जमीन चितवन राष्ट्रिय निकुञ्जले ओगटेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० महत्वपूर्ण सम्पदामध्ये उक्त निकुञ्ज एक हो । गुरुङ, बाहुन, क्षेत्री, नेवार, थारू, दराई, चेपाङ, तामाङ, बोटे समुदायको बस्ती रहेको र नेपाली, थारू, चेपाङ, बोटे भाषा प्रचलनमा रहेको यहाँको नारायणी नदीको किनारस्थित चितवन तथा भरतपुर बजारलाई ठूलो बजारका रुपमा लिइन्छ । देशको मध्यपश्चिम क्षेत्रको महत्वपूर्ण व्यापारिक नगर भरतपुर हो ।

 

उत्तरी भागमा महाभारत पर्वत शृङ्खला रहेको चितवनमा भित्री मधेशका रुपमा रहेको भरतपुर महानगरपालिकासहित सात नगरपालिका छन् । प्रदेशको राजधानी र नामाकरण गर्न ढिला भएका कारण नीतिगत रूपमा कार्य सम्पादनमा समेत ढिलाइ भएको केही प्रदेशसभा सदस्यको भनाइ छ ।

 

 

भक्तपुर 

काठमाडौँको पूर्वी भागमा पर्ने भक्तपुरलाई भादगाउँ र ख्वःप समेत भनिन्छ । देशकै सबैभन्दा सानो जिल्लाका रुपमा परिचय बोकेको भक्तपुर करीब २०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । भादगाउँले टोपी र जुजु धौ (स्थानीय दही) को उत्पादनका लागि लोकप्रिय भक्तपुरमा नेवार, बाहुन, क्षेत्री र तामाङको बसोबास पाइन्छ । भक्तपुर नगरपालिका र मध्यपुर ठिमी नगरपालिका भक्तपुरमा छ ।

 

काभ्रेपलाञ्चोक 

करीब एक हजार ४०० वर्ग किमी क्षेत्रफल रहेको पहाडी भूभागको काभ्रेपलान्चोकमा धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, पाँचखाल नगरपालिका छन् । बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, नाला, साँगा, दाप्चा, नाल्दुम, चौकोटजस्ता बजार रहेका त्यहाँ पुरातात्विक महत्वका केही सम्पदास्थल पनि छन् । औद्योगिक महत्वका दृष्टिकोणले करिडोर स्थापनाका लागि अध्ययन भइरहेको काभे्रपलाञ्चोकको सदुरमुकाम धुलिखेल करीब २१ किमी पूर्वमा पर्छ ।

 

नुवाकोट 

काठमाडौँको उत्तर, पश्चिममा पर्ने पहाडी प्रदेश नुवाकोटमा उच्च पहाडी क्षेत्र तथा यत्रतत्र छरिएका समथर बेँशी र टारी खेत छन् । हिमाली क्षेत्र नजिक भौगोलिक विविधता रहेको नुवाकोटमा बिदुर नगरपालिका र बेलकोटगढी नगरपालिका छ । उक्त जिल्लाको क्षेत्रफल एक हजार १२१ वर्ग किमी छ । तामाङ, नेवार, क्षेत्री, ब्राह्मण, मगर र दलित समुदायको बसोबास नुवाकोटमा नेपाली, तामाङ, नेवारी, मगर र शेर्पा भाषा प्रचलनमा छ ।

 

मकवानपुर 

मुलुकको तेस्रो ठूलो औद्योगिक जिल्लाका रूपमा लिइएको मकवानपुरको क्षेत्रफल दुई हजार ४२६ वर्ग किमी छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षणले पनि यस जिल्लाको केही भूभाग ओगटेको छ । मानव निर्मित ताल इन्द्रसरोवर, चिसापानीगढी र शहीद स्मारक यहाँको पर्यटकीयस्थलका रुपमा महत्वपूर्ण छ । उत्तरतर्फ करीब ६६ किमी लामो महाभारत शृङ्खला र दक्षिणतर्फ करीब ९२ किमी लामो चुरे पर्वतको काखमा रहेको मकवानपुर अहिले प्रदेश ३ को अस्थायी मुकामसमेत हो ।

 

हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका भएको यस क्षेत्रबाट तराई र पहाड दुबै नजिक पर्छन् । ब्राहम्ण, क्षेत्री, तामाङ, राई, नेवारको बसोबास पाइने मकवानपुरमा नेपाली, तामाङ, राई, मगर भाषा प्रचलित छन् । देशको पूर्व तथा पश्चिम भागलाई जोड्ने त्रिभुवन राजपथ र महेन्द्र राजमार्ग यो जिल्ला पार भएर जान्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...