टेलिकमकी एमडी कामिनीलाई हटाउने सरकारको निर्णय अदालतबाट सदर, नयाँ एमडीको खोजी सुरु



 

नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउन सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

 

सरकारले पदबाट बर्खास्त गरेपछि न्याया खोज्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी राजभण्डारीको रिटको सुनुवाइ गर्दै सर्वोच्चले सरकारकै निर्णयलाई सदर गरेको हो । सर्वोच्चका न्यायाधीश चालेन्द्र समशेर राणाको एकल इजलासले आज (आइतबार) राजभण्डारीको रिटका आधारमा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गर्दै सरकारकै निर्णय सहि ठहर गर्दै सदर फैसला सुनाएको हो ।

योसँग टेलिकमको नयाँ प्रवन्ध निर्देशक नियुक्तिका लागि सरकारलाई बाटो खुल्ला भएको छ ।

 

सरकारले आफूलाई अन्यायपूर्वक पदबाट बर्खास्त गरेको भन्दै राजभण्डारीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् । नेपाल टेलिकमको इतिहासमै पहिलो पटक २०७३ असोजमा खुल्ला प्रतिष्पर्धाबाट उनी प्रबन्ध निर्देशक बनेकी थिइन् । गत मंगलबारको मन्त्रिपरिषदको बैठकले कामिनीलाई टेलिकमको प्रबन्ध निर्देशकबाट हटाउने निर्णय गरेको थियो ।

 

कामिनीले टेलिकमको देशभर फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेकोलगायतका विषयमा स्पष्टिकरण सोधेको थियो ।

 

पछि उनको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै सरकारले उनलाई दुई पटकसम्म स्पष्टिकरण सोधेको थियो । दोस्रो पटकको स्पष्टिकरणको पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै सरकारले उनलाई पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा