नेपालको संसद बढी परम्परावादी र झन्झटिलो भयो : कानूनमन्त्री ढाकाल



हाम्रो इकोनोमि

 

संसदीय मामिला तथा कानूनमन्त्री भानुभक्त ढकालले संसदको नयाँ अभ्यासलाई सहज बनाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपालको संसद बढी परम्परावादी र प्रक्रियागत रुपमा झन्झटिलो भएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताउनुभयो ।

 

संघीय संसद र प्रदेशसभाका पदाधिकारीबीच संसदीय प्रक्रिया र अनुभवका आदानप्रदान गर्न आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संसदीय प्रक्रियालाई सहज बनाउनु पर्ने बताउनुभएको हो ।

 

‘हामी संविधानतः व्यवस्थित भएका छौं । तर, व्यवहारिक रुपमा अझै संक्रमणकालमै रहेकाले यसलाई छिटो सहज बनाउन लाग्नुपर्छ’ मन्त्री ढकालले भन्नुभयो ।

 

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानून निर्माणमा समन्वय गर्नुपर्ने बताउनुभयो ।

 

संघीय संसदअन्तर्गत प्रतिनिधि सभा, राष्ट्रिय सभा र सातवटै प्रदेशसभाका सांसदबीचको अन्तरक्रियाले संविधानतः छुट्टाछुट्टै अधिकारप्राप्त संघ र प्रदेशबीच समन्वय आवश्यक हुने प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बताउनुभयो ।

 

संघ र प्रदेशका साझा अधिकार सूचीसम्बन्धी कानून बनाउन दुई तहका सदनको सहकार्य अपरिहार्य भएको महाराले बताउनुभयो । ‘नेपालमा यसअघि एकात्मक शासन व्यवस्था थियो,’ महराले भन्नुभयो, ‘संघीयता नयाँ अनुभव हो । प्रदेशको संरचना पुरै नयाँ छ । त्यसैले हाम्रो अनुभव आदानप्रदान हुन जरुरी छ ।’

 

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले राज्य पुनर्संरचनापछि बनेका तीन तहका सरकारबीच संविधानले परिकल्पना गरेको उद्देश्य पूरा गर्नका लागि कानून, योजनादेखि विकास निमार्णसम्म सहकार्य हुनुपर्ने बताउनुभयो ।

 

‘राज्य पुनर्संरचना भएर तीन तहका संसद र सरकार बनेपछि पहिलोपटक जम्मा भएका छौं,’ उहाँले भन्नुभयो, ‘यो पहिलो भएकाले परिचयात्मक कार्यक्रम हो । अनुभव साटासाट गर्ने एउटा अवसर हो । यसले कानून निर्माणका क्रममा देखिएका चुनौती सामना गर्ने एउटा आधार तयार गर्ने विश्वास लिएको छु ।’

 

पुरानो संसदीय अभ्यास र कानुन निर्माणको जटिलताबारे समेत छलफल हुने भएकाले कार्यक्रम उपलब्धिमूलक हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

 

उनले आफूहरु संघीय संसदमा रहे पनि कानुन निर्माण र मुलुकले लिएको समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति सबैको लक्ष्य भएकाले प्रदेशका समस्या बुझ्न र समाधान गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

 

संघीय संसद र प्रदेश सभाका पदाधिकारीले आइतबार बेलुका प्रधानमन्त्री र भोलि (सोमबार) राष्ट्रपतिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...