विराटनगरमा हार्डवेयरको सुरक्षागार्डको हत्या



हाम्रो इकोनोमि

 

हार्डवेयर पसलमा सुरक्षा गार्डका रुपमा कार्यरत विराटनगरका ५० बर्षका टंक भट्टराईको हत्या भएको छ ।

विराटनगर महानगरपालिका २ धरान रोडस्थितमा रहेको न्यू बिक्की हार्डवेयरका सुरक्षा गार्ड भट्टराईको शव आइतवार विहान पसलको कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी निशान थापाले जानकारी दिए ।

विराटनगर-४ पीपलचोक घर भएका भट्टराई राति हार्डवयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए ।

हार्डवयरका कामदारले ढोका खोल्दा उनको शव सुत्ने कोठाको खाटमुनि फेला परेको प्रहरीले जनाएको छ ।

सिरानीले मुख थुनेको अवस्थामा उनको शव फेला परेको भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । उनको देब्रे आँखा निकालिएको छ । घटनाको विषयमा थप अनुसन्धान अघि वढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...