ओलीको यस्तो खतरनाक योजनाको शिकार भए माधव नेपाल, यसरी हुँदैछन् माधव गुटका नेताहरु “तितरबितर”



हाम्रो इकोनोमि

 

तत्कालिन नेकपा एमालेको नबौं महाधिबेशनमा पार्टी अध्यक्ष झलनाथ खनाल कतै नखुल्ने भएपछि माधव नेपालले अध्यक्षमा केपी शर्मा ओलीलाई सघाउने लगभग पक्का जस्तै थियो । आफना सहयोगीहरुलाई पनि नेपालले यसपटक ओलीलाई सघाउने र पदाधिकारीमा आफू निकटलाई व्यवस्थापन गरेर जाने बताएका थिए ।

 

तर महाधिबेशन नजिक एउटा युवा समुहको उक्साहटमा नेपालले आफनो पूर्वधारणा परिवर्तन गरे । नेपालको काँधमाथि बन्दुक राखेर पार्टीमा स्थापित हुन तम्सेका एउटा युवा समूहले उनलाई ओलीसंग भिडाई छाड्यो । जम्मा ४४ मतले नेपाल पराजित भए । सम्मानजक मतले पराजित भएपछि केही समय नेपाल हौसिए ।

 

ओलीलाई कमजोर बनाउन उनी लागि परे र बिद्र्रोहको धम्की पनि दिए । तर, कतै केही सिप नलागेपछि नेपाल अहिले ओलीको शरणमा छन् । पार्टी एकीकरणपछि ओलीकै सहयोगमा झलनाथ खनाललाई पाखा लगाएर तेश्रो बरियता हत्याउन पनि सफल भए ।

 

ओलीपछि नेपाल फेरि अध्यक्ष बन्ने दाऊमा छन् । तर, नबौ महाधिबेशनमा उनको काँधमाथि बन्दुक राखेर स्वार्थ पूरा गरेका युवा नेताहरुको भने अहिले कन्त बिजोग भएको छ अर्थात माधव गुट तितरबितर भएको छ ।

 

कहिलेकाँही ओलीसंग बाबु छोराको सम्वन्धमा रहने तर ऐन मौकामा प्रतिबाद गर्ने योगेश भटटराई अहिले रनभुल्लमा छन । आलीलाई थर्काएर नै प्रचार विभाग प्रमुख बनेका तत्कालिन माधव गुटका हस्ती भटटराई गुटलाई धोका दिएर नेपालले ओलीसंग घाँटी जोडेकोले अब उनलाई साथ दिन नसकिने निष्कर्षमा प्ुगेका छन् ।

 

पुराना नेताले पार्टीबाट विदा लिनुपर्ने अभिव्यक्ति दिएपछि आलोचित बनेका भट्टराईलाई सोही प्र्रकरणका कारण ओलीले मन्त्री बनाएनन् । नेपालबाट पार नलागिने र ओलीले बिश्वास नगर्ने भएपछि भट्टराई यतिबेला रनभुल्लमा छन् । एकीकरणपछि हुने महाधिबेशनमा प्रचण्डलाई अघि सारेर फेरि आफु पदाधिकारी हुने दाउमा रहेको उनी निकट श्रोत बताउँछ ।

 

पुर्ब महासचिब ईश्वर पोखरेलसँग ६ भोटले महासचिवमा पराजित नेपाल गुटका सुरेन्द्र पाण्डेको हालत पनि उस्तै छ । पार्टी एकीकरण नहुदै नेपालबाट पार नलाग्ने मनस्थितिमा पुगेका पाण्डेले एमालेको आगामी दशौ महाधिबेशनमा आफूलाई अध्यक्षको दाबेदारको रुपमा प्रस्तुत गर्न शुरु गरेका थिए । तर पार्टी एकीकरणले उनको अध्यक्षको उम्मेदवार बन्ने सपना तुहाई दिएको छ ।

 

नेपाललाई नेता मानेर जान नसकिने भन्दै पाण्डे अब छुट्टै गुट बनाउने तयारीमा रहेका छन् । त्यसैको तयारी स्वरुप उनले केही दिन अघि दोश्रो तहका नेताहरुको भेलासमेत गरेका थिए । बानेश्वरस्थित एक पार्टी प्यालेसमा भएको भेलामा उर्जा मन्त्री बर्षमान पुन र बनमन्त्री शक्तिबहादुर बस्नेत समेत पुगेका थिए ।

 

 

नेपाल गुटबाट एकाएक उपमहासचिव बनेका घनश्याम भुषालले त ओलीमा नेपालको बिलय शिर्षकमा आफ्ना निकटस्थहरुलाई लामो ब्याख्या गर्ने गरेको बताइन्छ । भुषाल कांग्रेस नेता प्रदीप गिरी र पार्टीमा पेन्डुलम माओवादी नेता राम कार्कीलाई बोकर देशभर माक्सबाद पढाउदै हिँडेका छन् । उनको ताल हेर्दा पार्टी नेता होईन, माक्सबादी शिक्षक बन्ने संभावना रहेको निकटस्थहरु नै बताउन थालेका छन ।

 

माधव नेपालका सम्धी सोमनाथ पाण्डेको बारम्बार चेपुवामा परेका अर्का युवा नेता ठाकुर गैरेको हालत पनि उस्तै छ । उनकै समकक्षी ओली गुटमा लागेर मन्त्री बनेको बेला नेपालले सम्धीलाई बोकेपछि पीडित बनेका गैरे यतिबेला बबरमहल आसपास बरालिदंै गरेको भेटिन्छन ।

 

अर्का उपाध्यक्ष युवराज ज्ञवाली त राजनीतिबाटै बिरक्तिएका छन । चुनावमा टिकट नपाएपछि भूमिकाबिहिन बनेका ज्ञवाली नेपालको पछि लागेर केही हुदैन भन्दै पाए राजदुत भएर जाने मुडमा बालुवाटारतिर सम्वन्ध बढाउन थालेको बताईएको छ ।

 

अर्का चतुर खेलाडी भीम रावलले त महाधिबेशपछि नै ओलीसंग घाँटी जोडिसकेका थिए । उनी राष्ट्रिय राजनीतिको भन्दा सात नम्वर प्रदेशको राजनीतिमा बढी रुमलिए । प्रदेश नं ३ को मुख्यमन्त्री बन्न सहयोग नगरेपछि अष्टलक्ष्मी शाक्य पनि नेपालको भरोसा नै छैन भन्दै निष्क्रिय जस्तै छिन् । उता नेपाल समूहबाट सचिव जितेका झलनाथका ज्वाँई भीम आचार्य पनि मुख्यमन्त्री बन्न नपाएपछि नेपालदेखि रुष्ट छन् ।

 

जानकारहरुका अनुसार प्रदेश नं १ को सभामुखमा नेता नेपालले आफना नातेदार प्र्र्रदीप भण्डारीलाई च्यापेपछि आचार्य झन बिरक्तिएका छन् । नेपाल पक्षमा शसक्तरुपमा खुलेकी रामकुमारी झाक्री पनि सांसद बने सँगै स्वर मलिन हुदैं गएको छ । प्रकाश साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...