पूर्वमन्त्री विश्वकर्मामाथि क्रसरमा आगजनी मुद्दा



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतको आदेशमा छुटेलगत्तै शुक्रबार पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले काभ्रे जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ। उनीमाथि आगजनी मुद्दा जिल्ला अदालतमा छ।

 

काभ्रे जिल्ला अदालतले बिश्वकर्माविरुद्ध गत जेठमा वारेन्ट जारी गरेको थियो। काठमाडौं प्रहरीले चन्दा असुलेको आरोपमा गत साता उनलाई पक्राउ गरेकोमा सर्वोच्च अदालते शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा छाड्ने आदेश दिएको थियो। लगत्तै अर्को मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठककै गाडीबाट उनी पक्राउ परेका थिए। उनी पाठकको गाडीमा सर्वोच्च अदालतबाट निस्किएका थिए। पाठकको गाडी रोकेर प्रहरीले पक्राउ गरेको हो।

 

कांग्रेस नेता कुन्साङ लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत बैशाख १ गते सो पार्टीका कार्यकर्ताहरुले आगजनी गरेका थिए। आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको िथयो। आगलागीमा झन्डै १० करोडको क्षती पुगेको पीडितको दाबी छ। प्रकाण्डकै नेतृत्वमा सो आगजनी भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको छ। बिश्वकर्मा पूर्व मन्त्री समेत हुन्।

 

सोही मुद्दामा उनलाई अदालत पेश गर्न लागिएको हो। अदालतले उनको बयान लिएर थुन्ने वा छाड्ने आदेश दिनेछ।

 

पक्राउ परेका प्रकाण्डलाई अदालतमा पेश गर्ने तयारी भइरहेको काभ्रेका एसपी रवीराज खड्काले बताए।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...