बाढीमा बग्यो गेर्खुको पुल, पासाङल्हामु राजमार्ग ठप्प



हाम्रो इकोनोमि

 

गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आइतबार बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो ।

अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली-बेत्रावती खण्ड ठप्प भएको छ । पुल र सडकमा क्षति पुगेपछि नुवाकोट-रसुवा आवतजावत गर्न सकिएको छैन ।

 

जिल्ला प्रहरी कार्यालयले विदुर नगरपालिका-१ र विदुर नगरपालिका १० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जनाएको छ ।

प्रहरीका अनुसार गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...