बाढी प्रभावितलाई मोदीद्वारा दुई लाख नगद राहतको घोषणा



हाम्रो इकोनोमि

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाढी प्रभावितलाई राहत रकमको घोषणा गरेका छन् ।

प्रभावित क्षेत्रको स्थलगत अवलोकन पश्चात प्रधानमन्त्री मोदीले निधन भएकाको परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाको दरले राहत रकम दिने घोषणा गरेका हुन् ।

उनले बाढी पहिरोमा परी घाइते भएकालाई उपचारका लागि ५० हजार भा.रु उपलब्ध गराउने पनि बताएका छन् ।

उनीहरुलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषमार्फत् रकम उपलब्ध गराउने व्यवस्था गरिएको मोदीको भनाइ छ ।

प्रधानमन्त्री मोदीले केरलाका लागि पाँच सय करोड सहायता रकमको घोषणा यसअघि नै गरिसकेका थिए ।

केरलाका मुख्यमन्त्री पिनारायी भिजायनलगायतका उच्च पदस्थ व्यक्तिसँगको समिक्षा बैठकमा प्रधानमन्त्री मोदीले आफ्नोतर्फबाट सो सहायता रकम दिने घोषणा गरेका हुन् ।

केरलाका केही जिल्लामा परेको अबिरल वर्षापछिको बाढी र पहिरोको कारण कम्तीमा तीन सयभन्दा बढीको मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।

शताब्दीकै खराब भनिएको बाढीका कारण केरलाका १३ ओटा जिल्ला अझै पनि खतराको स्थितिमा रहेको अधिकारीले जानकारी दिएका छन् ।

उद्धारका लागि सैनिक, नौसेना, तटीय गार्डलगायत थप मानवीय शक्ति र हेलिकोप्टरको पनि बन्दोबस्त गरिएको उनीहरुको भनाइ छ । उद्धारकर्ताले स्थानीय बासिन्दालाई जोगाउनका लागि मुसलधारे पानीको सामना गरिरहेका छन् ।

बाढी पहिरोका कारण केरला राज्यमा अहिलेसम्म दुई लाख मानिस आफ्नो घर छोडेर शिविरमा बसिरहेका छन् ।

एएफपी समाचार संस्थाका अनुसार उद्धार प्रयासमा सघाउन तीन सयभन्दा बढी डुङ्गा पनि त्यहाँ प्रयोग गरिएका छन् ।

भारतको गृह मन्त्रालयले दिएको जानकारीअनुसार यस बर्षको बर्षायाम सुरु भएदेखि अहिले सम्म देशभर नौ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...

च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...