अन्डरवल्ड डन दाउदका दाहिने हात गिरफ्तार, नेपालमा हुने सुन तस्करीमा यीनको हात



हाम्रो इकोनोमि

अन्डरवल्ड डन दाउद इब्राहिमका दाहिनी हात जबीर मोती पक्राउ परेका छन् । मोती लन्डनको एक होटलबाट गिरफ्तार भएका हुन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मोतीले पछिल्ला दिनमा ब्रिटेन, युएई र अफ्रिकी देशहरुमा दाउदका लागि लेनदेनको कारोवार गर्दै आएका थिए । नेपालमा हुने सुन तस्करीमा यीनको हात हरेको पनि शंका गरीएको छ ।

दाउदलाई घेराबन्दीमा पार्नका लागि भारतले जबीर मोदीलाई पक्राउ गर्न अपिल गर्दै आएको थियो । जबीरमाथि लागू औषध तस्करी, फिरौती एवं अन्य थुप्रै अपराध गरेको आरोप छ ।

जबीरको साथबाट पाकिस्तानी पासपोर्ट फेला परेको छ । यसमा कराँचीको ठेगाना राखिएको छ ।

ब्रिटेनको १० वर्षको भिसा पाएको जबीरले एन्टिगुवाको नागरिकता लिने प्रयास गरिरहेको समेत बुझिन आएको छ ।

पाकिस्तानको कराँचीमा रहँदै आएको दाउदलाई सन् १९९३ को मुम्बई बमकाण्डका मुख्य नाइके मान्दै आइएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...