नेकपाका एकलाख कार्यकर्तालाई रोजगारी



हाम्रो इकोनोमि

 

 नेपाल कम्युनिष्ट पार्टी नेकपाका एक लाख कार्यकर्ताले रोजारी पाउने भएका छन् । केही दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले यसको खुलासा गरेका हुन् ।

मन्त्री विष्टले केही दिनअघि उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा जानकारी दिने क्रममा केही समयमै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले रोजगार सम्बन्धी उत्साहजनक कार्यक्रम ल्याउन लागेको बताएका थिए ।

एक लाख जनालाई रोजगारी दिनका लागि सात वटै प्रदेशमा रोजगार केन्द्र स्थापना गरिने उनले बताएका थिए । मन्त्री विष्टले रोजगारीको हकलाई मौलिक हकका रुपमा प्रत्याभूत गर्न रोजगार सम्बन्धी ऐनलाई समेत छिट्टै संशोधन गर्ने तयारीमा सरकार रहेको बताएका थिए ।

 

किन नेकपाका कार्यकर्तालाई रोजगारी ?
स्पष्टै छ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारको नेतृत्व गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार निकै खरो तरिकाले विपक्षी दबाउ नीतिमा अगाडि बढिरहेको छ ।

नेपाली काँग्रेस लगायतका जति पनि विपक्षी दल छन् तिनीहरु नेकपाका लागि कोही पनि हैनन् ‘दुष्मन’ हुन् । संगसंगै अगाडि बढ्ने योजनामा यो सरकार छैन । नेकपाका अध्यक्ष ओलीले पटकपटक आफ्ना मन्त्री, नेता तथा कार्यकर्तालाई विपक्षी दबाउ नीति अबलम्बन गर्न निर्देशन दिइसकेका छन् ।

विपक्षीले भ्रम फैलाइरहेको र काम गर्न समेत नदिएको आरोप ओलीले लगाउन थालिसकेका छन् ।

अहिलेको कानुनले झुठा बाचा गरेर काम पूरा नगरे कार्वाही गर्ने भनेको छ । तर यो सरकारले काम गर्ने लक्षण ल्याएकै छैन । मुलुक कम्युनिष्टमय भएको देखाइएको छ । जनप्रतिनिधिको अनुपात त्यस्तै छ ।

तर गरीब मार्न उद्धत देखिएको जस्तो भएको छ नेकपा र हरेक तहमा बढिरहेको छ अनावश्यक कर । यसको विरोध गर्ने विपक्षी दलहरु ओलीका शत्रू भएका छन् ।

यो अवस्थामा आफ्ना कार्यकर्तालाई जागरुक गराउन र पार्टीमा थप समर्पित बनाउन रोजगारी नीति लाभदायक छ ।

विपक्षीलाई दबाउने नीति लिएका ओलीले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बाट काँग्रेस, विवेकशील, राप्रपा लगायतका विपक्षी दलका कार्यकर्तालाई रोजगार पक्कै दिने छैनन् ।

 

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ बदनाम
यो कार्यक्रम पहिले पनि बदनाम भइसकेको छ । लोकतन्त्र आइसकेपछि नेकपाका अहिलेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पालादेखि यो कार्यक्रम आएको हो ।

तर यो कार्यक्रम बदनाम हुँदै आएको छ । रोजगारी दिने विषय संवेदनशील र गरीब तथा सर्वसाधारणको घरघरको समस्या भए पनि सरकार कहिल्यै गम्भीर भएन ।

कार्यकर्तालाई पैसा बाँड्ने नीति अनुसार यो कार्यक्रम चलेको पाइन्छ । रोजगारीका लागि अवसर सिर्जना गरिनु पर्छ ।

कलकारखाना वृद्धि गरिनु पर्छ । उद्योगधन्दा नखुल्ने अनि रोजगारी दिन्छु भनेर मात्र हुन्छ ?

 

 कता गयो विदेशबाट युवा फर्काउने योजना ? 

मन्त्री विष्टले स्वदेशमै रोजगारीे वृद्धि गर्दै नेपालको श्रमशक्तिलाई विकास र समृद्धिका लागि प्रयोग गरिने सरकारको लक्ष रहेको बताउँदै आएका छन् । दक्ष नेपाली जनशक्तिलाई विदेशबाट स्वदेश फर्काउने योजना समेत उनले सुनाउँदै आएका छन् ।

मन्त्री विष्टको बोली र व्यवहार समान हुन सकिरहेको छैन । विदेशबाट युवा फर्काउनुअघि उनीहरुलाई काम गर्ने अवसर दिइनु पर्छ ।

नेपालमै भएका बेरोजगारलाई अवसर सिर्जना गर्ने तरखर मात्र गरिरहेको सरकारले अहिले नै चामत्कारिक सुधार गर्ला भनेर आशा गर्ने ठाउँ देखिँदैन ।

मन्त्री विष्टले योजनासमेत ल्याउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...