प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनः देखाउन पनि प्रदेश २ मा धेरै विकास गर्छु



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ लाई संघर्ष होइन, सहकार्य गर्न प्रस्ताव गरेका छन् । केन्द्र सरकार विभेदकारी हुन नसक्ने भन्दै उनले प्रदेश २ को विकासका लागि पूर्ण सहयोग गर्ने बचन दिएका छन् ।

 

शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता नयाँ अभ्यास भएकाले केही समस्या आउन सक्ने बताए । तर, संघर्ष नभई सहकार्य गर्न आग्रह गरे । ‘नयाँ जुत्ता दामी नै भएपनि राम्रो नै भएपनि पुरानो जस्तो खुट्टामा मिलेको हुँदैन । पहिलो दिन त दुख्छ । तर, एक दुई दिन लगाएपछि मिल्छ ।’

 

प्रदेश सरकार केन्द्र र स्थानीय तहको तानातानमा पर्न सक्ने भन्दै उनले सम्वादबाट समाधान खोज्नु पर्ने बताए । प्रधानमन्त्री ओलीले प्रदेशसभामा भने, ‘झन्जट महसुस पनि हुनसक्छ तर, यसलाई समझदारीपूर्ण ढंगले टुंग्याउन सकिन्छ ।’

 

देखाउन पनि प्रदेश २ मा धेरै विकास

प्रधानमन्त्री ओलीले आफ्नो सरकार बनेको ६ महिना भोलि पुग्ने बताए । आफ्ना १० वटा छ महिना मध्ये एउटा सकिएको भन्दै उनले बाँकी समयमा धेरै काम गर्न बाँकी रहेको बताए ।

धेरै विरोध प्रदेश २ मा भएको भन्दै ‘यो सरकार के रहेछ’ भनेर देखाउन पनि यहाँ बढी विकास गर्ने बताए ।

 

चाहिएको बेला संविधान संशोधन

नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न सरकार तयार रहेको बताए । जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई बंशजको नागरिकता दिने कानुन संसदमा पुगिसकेको र केही दिनमा नै पारित हुने भन्दै उनले भने, ‘संविधानले कसैलाई विवाद गर्दैन । विभेद भएको छ भने भन्नुस्, संविधान संशोधन गर्न तयार छौं ।’

संविधान गतिशील दस्तावेज भएको भन्दै चाहिएको बेला संशोधन गर्न सरकार तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...