खड्गबहादुर विश्वकर्मालाई छाड्न सर्वोच्चको आदेश



 

व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेको छ ।

 

न्यायाधीशद्धय चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको इजलाशले यस्तो आदेश गरेको हो ।

 

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको रोहवरमा छाड्न आदेश भएको हो।

 

प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट आइतवार दायर गरेका थिए ।

 

आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्चले ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो । चन्दा ऐन २०३० अनुसार काठमाडौं प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाएको थियो।
उनीमाथि ७ करोड चन्दा असुलेको आरोप थियो।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा