खड्गबहादुर विश्वकर्मालाई छाड्न सर्वोच्चको आदेश



हाम्रो इकोनोमि

 

व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश गरेको छ ।

 

न्यायाधीशद्धय चोलेन्द्र शम्सेर राणा र तेजबहादुर केसीको इजलाशले यस्तो आदेश गरेको हो ।

 

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको रोहवरमा छाड्न आदेश भएको हो।

 

प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट आइतवार दायर गरेका थिए ।

 

आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सर्वोच्चले ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन सरकारलाई निर्देशन दिएको थियो । चन्दा ऐन २०३० अनुसार काठमाडौं प्रहरीले उनीविरुद्ध कारबाही अघि बढाएको थियो।
उनीमाथि ७ करोड चन्दा असुलेको आरोप थियो।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...