नेपालमा पहिलो पटक म्याच फिक्सिङ सम्बन्धी कानुन, यस्तो हुन्छ सजाय



हाम्रो इकोनोमि

नेपालमा पहिलोपटक म्याच फिक्सिङ (खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

 

आजदेखि लागु भएको मुलुकी अपराध ९संहिता० ऐन, २०७४ ले पहिलो पटक म्याच फिक्सिङ सम्बन्धि कानुनको व्यवस्था गरेको हो।

 

म्याच फिक्सिङ सम्बन्धि व्यवस्था ऐनको भाग दुईको फौजदारी कसुरको परिच्छेद १ अन्तर्गतको राज्यविरुद्धको कसुरमा राखिएको छ।

 

राष्ट्रहित प्रतिकुल काम गर्न नहुने शीर्षकमा गरिएको व्यवस्थामा भनिएको छ, ‘नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरुको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसूर भएको मानिनेछ।’

 

यस्तो कसूर गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ सम्म जरिवाना हुने ऐनमा उल्लेख छ। नेपालमा यसअघि म्याच फिक्सिङ सम्बन्धि कानुन नहुँदा राज्यविरुद्धको अपराध अन्तर्गत मुद्दा चलाइदैँ आएको थियो।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...