नेपालमा पहिलो पटक म्याच फिक्सिङ सम्बन्धी कानुन, यस्तो हुन्छ सजाय



हाम्रो इकोनोमि

नेपालमा पहिलोपटक म्याच फिक्सिङ (खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

 

आजदेखि लागु भएको मुलुकी अपराध ९संहिता० ऐन, २०७४ ले पहिलो पटक म्याच फिक्सिङ सम्बन्धि कानुनको व्यवस्था गरेको हो।

 

म्याच फिक्सिङ सम्बन्धि व्यवस्था ऐनको भाग दुईको फौजदारी कसुरको परिच्छेद १ अन्तर्गतको राज्यविरुद्धको कसुरमा राखिएको छ।

 

राष्ट्रहित प्रतिकुल काम गर्न नहुने शीर्षकमा गरिएको व्यवस्थामा भनिएको छ, ‘नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीहरुसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरुको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसूर भएको मानिनेछ।’

 

यस्तो कसूर गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ सम्म जरिवाना हुने ऐनमा उल्लेख छ। नेपालमा यसअघि म्याच फिक्सिङ सम्बन्धि कानुन नहुँदा राज्यविरुद्धको अपराध अन्तर्गत मुद्दा चलाइदैँ आएको थियो।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...