मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट स् शर्मा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय मानव अधिकार आयोगले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले आजबाट लागू गरिएको मुलुकी ऐन प्रतिस्थापनसम्बन्धि कानुनहरु हालसम्मकै उत्कृष्ट रहेको दावी गरेका हुन् ।

 

उनले आजबाट लागू गरिएको मुलुकी अपराध संहिता मानव अधिकारमैत्री रहेको उल्लेख गर्दै यसको कार्यान्वयनबाट सबै पीडितले न्याय पाउने विश्वास पनि व्यक्त गरे । मुलुकी ऐन प्रतिस्थापनका लागि बनेका कानुनको आलोचना समेत भईरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पौडेलले यसले नेपालले पीडितलाई न्याय दिन नसकेको भनि अन्तराष्ट्रिय समुदायले गरिरहेको आलोचनाको गतिको जवाफ दिने पनि स्पष्ट पारे ।

 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आजबाट लागू गरेको सो कानुन सार्वभौमसत्ता सम्पन्न संसदले पारित गरेको, सर्वोच्च अदालतले प्रतिपादित गरेको सिद्धान्त र अन्तराष्ट्रिय मूल्यमान्यता अनुसार आएकाले यसलाई कसैले पनि विरोध गर्न नमिल्ने तर्क गरे ।

 

सरकारले तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै आजदेखि नयाँ कानुन लागू गरेको हो । सो कानुन समयसापेक्ष रहेको पनि आयोगका सदस्य पौडेलले स्मरण गराए । राणा कालमा तर्जुमा गरिएको सो ऐनलाई सरकारले १ सय ६५ वर्षपछि प्रतिस्थापन गरेको हो ।

प्रतिस्थापन गरिएको कानुनहरुमा मुलुकी अपराध ऐन अन्तरगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...