आज ४ फिल्म हलमा, जय शम्भु, मिस्टर भर्जिन, ब्ल्याक र बाह्रमासे एकसाथ प्रदर्शनमा



हाम्रो इकोनोमि

आज भाद्र १ गते, हलमा चार नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन् ।

यो शुक्रबारबाट जय शम्भु, मिस्टर भर्जिन, ब्ल्याक र बाह्रमासे एकसाथ प्रदर्शनमा आएका हुन् ।

मिस्टर भर्जिनलाई बिसारत बस्नेतले निर्देशन गरेका हुन् ।

यो फिल्मले यौन मनोबिज्ञानको कथा बोल्छ ।

चलचित्रमा तीन वयस्क युवा छन् जो आफ्नो यौन चाहना पुुरा गर्ने भौतारिरहेका हुन्छन् ।

सोही क्रममा उत्पन्न भएको बाधा अवरोधलाई फिल्ममा प्रस्तुत गरिएको छ ।

फिल्ममा गौरव पहारी, मरिष्का पोखरेल, बिजय बराल, कमलमणि नेपाल, रविन्द्र झा, भोला राज सापकोटा लगायतकाको अभिनय छ ।

त्यस्तै अर्काे एक्सन प्रदान फिल्म जय शम्भुु प्रदर्शनमा आएको छ ।

फिल्ममा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही र वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको छ ।

फिल्मलाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।

यो चलचित्रमा अनुप, प्रशान्त तथा वर्षाका अलावा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

आजबाट नै फिल्म ’ब्ल्याक’ प्रदर्शनमा आएको छ ।

फिल्ममा आकाश श्रेष्ठ र आँचल शर्माको मुख्य भूूमिका रहेको छ ।

लभस्टोरी जनरामा बनेको फिल्मलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन् ।

मौनता श्रेष्ठको कथा रहेको चलचित्रमा आकाश र आँचलको साथमा आयुष रिजाल, सुशील क्षेत्री, धिरेन शाक्य र प्रिया रिजालको मुख्य भूमिका रहेको छ ।

रामशरण उप्रेतीको छायाङ्कन रहेको चलचित्रलाई सम्पादन अर्जुन जिसीले गरेका हुन् ।

चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता हुन् ।

यता अर्को चलचित्र ‘बाह्रमासे’ पनि आजबाट रिलिज भएको हो ।

कमेडी जनरामा बनेको चलचित्रमा जय किसन बस्नेत, पूजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बाँस्तोला लगायतका कलाकारले अभिनय रहेको छ भने चलचित्रलाई नक्कली प्रचण्ड बनेका प्रदीप पाठकले लेखेका हुन् भने निर्माण पनि उनैले गरेका हुन् ।

चलचित्रलाई लय संग्रौलाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...