दोरम्बा हत्याकाण्ड दरवारको निर्देशनमा भएको हो : प्रचण्ड



हाम्रो इकोनोमि

 

२०६० साल साउन ३२ गत रामेछापको दोरम्बामा आफ्ना पार्टीका कार्यकर्ताको हत्या शाही नेपाली सेनाले नभई दरवारको ठाडो निर्देशनमा भएको बताउँदै विशेष रुपमा लिएको नेकपाका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

 

१५ औं दोरम्बा हत्याकाण्ड स्मृती सभामा तथा सहिद परिवारका सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले बिहिबार सो कुरा बताएका हुन् । उनले सरकारसँग दोश्रो पटक भएको बैठकलाई विफल बनाएर शासन सत्ता हातमा लिने उद्देश्यका साथ नियोजित घटना घटाइएको बताए ।

 

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरदा दोरम्बाको जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । घटनापछि माओवादीले सरकारसँगको वार्ता भङ्ग गरेको थियो ।

 

अध्यक्ष प्रचण्डले यस हत्याकाण्डपछि देशमा गणतन्त्र ल्याउन सफल भएको बताए । तत्कालीन शाही नेपाली सेनाले निर्ममतापूर्वक माओवादी कार्यकर्तालाई मारिएको घटना स्मरण गर्दै सहिदले गर्दा संघीय गणतन्त्र र पार्टी एकीकरण भएको भन्दै सहिद परिवारका सदस्यहरुलाई मन दरो पार्न अनुरोध गरे ।

 

प्रचण्डले भने, काभ्रे, रामेछापको वेथानको पानीघाट हुँदै दोरम्वा र काभ्रेको शैलुङ्ग क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्ने पर्यटनको क्षेत्रमा काम गर्न आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । कार्यक्रममा बोल्दै उनले सहिद परिवारका बालबच्चाको शिक्षा र स्वास्थ्यमा ध्यान दिने र द्वन्द्वमा मारिएका सबैको भरण पोषण सरकारले गर्नु पर्ने बताए ।

 

पीडितले हत्याकाण्ड भएको १५ वर्ष हुँदा पनि न्याय नपाएको भन्दै गुनासो गर्दै आएका छन् । यसैगरी नेकपाका अध्यक्ष प्रचण्डले न्यायका लागि पहल गर्ने आश्वसन दिए पनि पीडितहरु विश्वस्त हुन सकेका छैन ।

 

दुई चरणमा घटनाको अनुसन्धान गरिए पनि घटनामा नेपाली सेना दोषी भएको भन्दै अन्तराष्ट्रि मानव अधिकार संस्था एमनेष्टि इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरिएको थियो । तर, सरकारले पीडकलाई उन्मुक्ति दिएको पीडित परिवारको गुनासो छ ।

 

दोरम्बा घट्ना जस्तो गम्भीर मानवअधिकार उलंघनको घटनालाई आयोगले छुटटै रुपमा छानविन गर्नुपर्ने तामाङ राष्ट्रिय मुक्ति मोर्चाका नेता टंकलाल घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...