प्रदेश ५ मा नेकपा एकता रोल्पा रुकुमको नेतृत्व माओवादीलाई नै



हाम्रो इकोनोमि

 

 

एकताको तयारीमा रहेको नेकपाका पूर्व घटकहरु एमाले र माओवादी केन्द्रले प्रदेश-५ मा एकताका लागि भागबण्डा टुङ्ग्याएका छन्।

 

जस अनुसार पूर्व माओवादी केन्द्रको आधार क्षेत्र मानिने रोल्पा र रुकुम (पूर्वी भाग) को नेतृत्व माओवादी केन्द्रले नै पाउने भएको छ।

 

जस अनुसार १२ जिल्ला रहेको प्रदेश– ५ का ७ जिल्लाको नेतृत्व (अध्यक्ष) पूर्व एमालेको तर्फबाट हुनेछन् भने माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउनेछ।

 

एमालेले अध्यक्ष पाउने जिल्लाहरुमा रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान र दाङ छन्।

 

माओवादी केन्द्रले रुकुम (पूर्वी भाग), रोल्पा, बाँके, बर्दिया र नबलपरासी (बर्दघाट(सुस्ता पश्चिम) को भाग पाउने भएको छ।

 

यसैगरी प्रदेश-५ को प्रदेश कमिटीको आकार र भागबण्डा पनि दुबै पक्षले टुङ्ग्याएका छन्।

 

जस अनुसार प्रदेश(५ मा नेकपाको प्रदेश कमिटी २ सय ३ सदस्यीय हुनेछ, जहाँ पूर्व एमालेबाट १ सय ६ र पूर्व माओवादी केन्द्रबाट ९७ जना हुनेछन्।

 

प्रदेश अध्यक्षका लागि पूर्व एमालेबाट दलबहादुर राना र सचिवका लागि पूर्व माओवादी केन्द्रबाट गणेशमान पुनको नाम सिफारिस भएको छ।

 

प्रदेश स्तरमा पार्टी एकताका लागि गठन गरिएको कार्यदलले बिहीबार महासचिव बिष्णु पौडेललाई बुझाएको छ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...