प्रदेश ५ मा नेकपा एकता रोल्पा रुकुमको नेतृत्व माओवादीलाई नै



हाम्रो इकोनोमि

 

 

एकताको तयारीमा रहेको नेकपाका पूर्व घटकहरु एमाले र माओवादी केन्द्रले प्रदेश-५ मा एकताका लागि भागबण्डा टुङ्ग्याएका छन्।

 

जस अनुसार पूर्व माओवादी केन्द्रको आधार क्षेत्र मानिने रोल्पा र रुकुम (पूर्वी भाग) को नेतृत्व माओवादी केन्द्रले नै पाउने भएको छ।

 

जस अनुसार १२ जिल्ला रहेको प्रदेश– ५ का ७ जिल्लाको नेतृत्व (अध्यक्ष) पूर्व एमालेको तर्फबाट हुनेछन् भने माओवादी केन्द्रले ५ जिल्लाको नेतृत्व पाउनेछ।

 

एमालेले अध्यक्ष पाउने जिल्लाहरुमा रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान र दाङ छन्।

 

माओवादी केन्द्रले रुकुम (पूर्वी भाग), रोल्पा, बाँके, बर्दिया र नबलपरासी (बर्दघाट(सुस्ता पश्चिम) को भाग पाउने भएको छ।

 

यसैगरी प्रदेश-५ को प्रदेश कमिटीको आकार र भागबण्डा पनि दुबै पक्षले टुङ्ग्याएका छन्।

 

जस अनुसार प्रदेश(५ मा नेकपाको प्रदेश कमिटी २ सय ३ सदस्यीय हुनेछ, जहाँ पूर्व एमालेबाट १ सय ६ र पूर्व माओवादी केन्द्रबाट ९७ जना हुनेछन्।

 

प्रदेश अध्यक्षका लागि पूर्व एमालेबाट दलबहादुर राना र सचिवका लागि पूर्व माओवादी केन्द्रबाट गणेशमान पुनको नाम सिफारिस भएको छ।

 

प्रदेश स्तरमा पार्टी एकताका लागि गठन गरिएको कार्यदलले बिहीबार महासचिव बिष्णु पौडेललाई बुझाएको छ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...