हृदयेश त्रिपाठीले भने म अब नेकपामा जान्न, अर्कै मधेशी दल बनाउछु



हाम्रो इकोनोमि

 

तत्कालिन नेकपा एमालेको चुनाव चिह्न लिएर नवलपसारी १ बाट प्रतिनिधिसभा चुनाव जितेका नेता हृदयेश त्रिपाठीले आफु सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टीमा प्रवेश गर्ने हल्ला वाइयात हो भनेका छन् ।

उनले म अब नेकपामा जान्न, अर्कै मधेशी दल बनाउछु ।

बिहिबार पार्टी कार्यालय धुम्बाराहीका कार्यक्रम गरि सांसद  त्रिपाठी र बृजेश कुमार गुप्ता लगायतका नेतालाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने खबर सार्वजनिक भएको थियो ।

केही न्यूज पोर्टलले त नेकपा पार्टी कार्यालयको हवाला दिँदै त्रिपाठी र गुप्ता आज बिहान नै पार्टी प्रवेश गरिसेकेको खबर समेत दिएका थिए । तर त्रिपाठीले नेकपा प्रवेशको विषयमा आफैलाई केही थाहै नभएको बताए ।

उनले भने  “यो बेकारको कुरा, यो कल्ले कल्ले गर्छ त्यस्तो केही पनि छैन” ।
के त्यसो भए नजाने हो ?
एकछिन रोकिए र यत्ति मात्रै भने “यस्तो जे जे चर्चा भाछ, त्यस्तो केही पनि हैन” ।
प्रवेश गर्ने कार्यक्रम चाहिँ थियो ?
“त्यो त्यो त्यो पनि हैन, संबाद एकदुई चोटी भाको हो, त्यो भन्दा बढी केही होइन”।
कहाँबाट आयो त यो कुरा ? “यो त मलाई तपाईंहरुले नै बताइदिन पर्‍यो, मलाई त केही पनि थाहा छैन, आफ्नो आफ्नो गोत्रमा सबैले पत्ता लगाउने न हो” ।
पार्टी प्रवेशबारे केही पनि कुरा आको छैन त ?
“छैन छैन छैन केही पनि आको छैन, केही कुरै त भाको छैन कस्को पार्टीमा पस्ने” ?

त्रिपाठीको पार्टी प्रवेशबारे नेकपाको कार्यालयमा सम्पर्क गर्दा पनि आज पार्टी प्रवेश गर्नेबारे कुनै कार्यक्रम नभएको, फेसबुकमा चाहिँ देख्याथें भन्ने जवाफ आयो ।

राजपा नेपालबाट अलग भएर स्वतन्त्र विचार समूह बनाएका हृदेयश त्रिपाठी स्व.जगेन्द्र नारायण सिंहको नेपाल सद्भावना पार्टी हुँदै महन्थ ठाकुर नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीमा सहअध्यक्ष बनेका थिए ।

राजपा गठनपछि भने जुनियर नेता समेत पार्टी अध्यक्ष बनेको भन्दै बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...