हाजीर गर्दै भाग्ने भगुवा डाक्टरलाई १ सय ५० प्रतिशत भत्ता, यि हुन कामचोर डाक्टर



 

वीर अस्पतालमा स्थायी÷अस्थायी गरेर २ सय जना चिकित्सक कार्यरत छन् । यी चिकित्सकहरूले ८ घण्टा सेवा गर्नुपर्ने व्यवस्था वीर अस्पतालको नियममा छ । तर, वीरका अधिकांश चिकित्सकले हाजिर गर्छन् तर ड्युटी भने पूरा नगर्ने गरेको गुनासो पीडितहरूले गर्ने गरेका छन् ।

 

बिहान ९ बजेदेखि ५ बजेसम्म बस्नुपर्ने ड्युटी भएका अधिकांश कन्सल्ट्यान्ट चिकित्सकहरू हाजिर गरेर टाप कस्ने गरेका छन् । वीरको यो वर्षौंदेखिको रोग विद्युत्तीय हाजिरी भित्रिंदा पनि निको हुन नसकेको एक कर्मचारीले बताए । कतिपय चिकित्सक बिहान हाजिर गरेर बेलुका मात्रै अस्पतालमा हाजिर गर्न झुल्किने भ्रष्ट कार्य गर्ने गरेका छन् भने केही भ्रष्ट भने साँझसमेत फर्किंदैनन् ।

 

स्रोतका अनुसार, अस्पतालमा हाजिर गरेर अधिकांश चिकित्सकहरूले निजीमा काम गर्ने गरेका छन् । हाजिर गरेर हिंड्दा समेत कसैको निशानामा नपर्ने र निजीमा कुस्ता आम्दानी हुने भएकाले वीरका चिकित्सकहरू त्यसतर्फ आकर्षित भएका हुन् ।

 

भाग्ने चिकित्सकलाई १ सय ५० प्रतिशत भत्ता
वीर अस्पतालले चिकित्सकहरूलाई १ सय ५० प्रतिशतसम्म भत्ताको व्यवस्था गरेको छ । कर्मचारीलाई भने ५० प्रतिशत छ । चिकित्सकहरूलाई सेवाप्रति केन्द्रित गराउन भत्ताको व्यवस्था गरे पनि चिकित्सकहरू अस्पतालमा सेवा गर्दैनन् ।

 

स्रोतका अनुसार यति ठूलो रकम भत्ता बुझेर पनि उनीहरू आफ्नो ड्युटी समयमा अस्पताल बाहिर जाने गरेका छन् ।

 

एमडी÷एमएसको भर 

अधिकांश कन्सल्ट्यान्ट चिकित्सक ड्युटी पूरा नगरी भाग्ने गरेपछि एमडी÷एमएस÷डीएम÷एमसीएचलगायतका रेजिडेन्टको भरमा वीर अस्पताल सञ्चालन भइरहेको छ । अस्पतालका एक कर्मचारीले चिकित्सकहरूको भाग्ने प्रवृत्तिले सेवाप्रवाहमा असर गरेको बताए । ती कर्मचारीका अनुसार सेवाग्राहीले समयमा उचित सेवा पाउन सकिरहेका छैनन् ।

हुँदैन कारबाही
डाक्टरहरू हाजिर गरेर भाग्ने रोग वीरको पुरानै हो । वर्षौंदेखिको यो समस्या समाधानका लागि वीरमा क्रियाशील विभिन्न संग–संगठनहरूले समय–समयमा ध्यानाकर्षण समेत गराउँदै आएका छन् । तर अहिलेसम्म यसको सुनुवाइ भएको छैन ।

 

वीरमा सक्रिय एक कर्मचारी संगठनका एक सदस्यले हाजिर गरेर भाग्ने चिकित्सकहरूको प्रवृत्ति अब सामान्यजस्तै बन्दै गएको बताए ।

 

रद्दीको टोकरीमा समितिको सुझाव 

वीरमा देखिएको यो रोग निर्मूलका लागि बेलाबेला अस्पताल प्रशासनले तदारुकता देखाएजस्तो गर्ने गरेको छ । करीब डेढ वर्षअघि हाजिरमा देखिएको समस्या समाधान गर्न एक समिति समेत गठन भएको थियो ।

 

७ सदस्यीय समितिले ३ महिनाको कर्मचारीको अध्ययनपछि एक प्रतिवेदन नै दिएको थियो । प्रतिवेदनमा हाजिरीलाई कडाइ गर्ने उल्लेख थियो । तर समितिले बुझाएको प्रतिवेदनमाथिको कारबाही के हुँदैछ ? अस्पताल प्रशासनलाई समेत थाहा छैन । गरिबहरूले उपचार गर्ने देशकै ठूलो वीर अस्पतालमा देखिएको बेथिती हल गर्नेतर्फ तालुकदार स्वास्थ्य मन्त्रालयले समेत पहल गर्ने गरेको देखिंदैन ।

 

औपचारिक कार्यक्रमहरूमा समस्याबारे चर्चा गर्ने तर त्यसपछि चासो नदिने परम्परा छ । तालुकदार स्व्ाँस्थ्य मन्त्रालयले वीरमा देखिएका पछिल्ला बेथिती हटाएर गरिब जनताले गुणस्तरीय स्वास्थ्योपचार पाउने सुनिश्चितता गर्न प्रधामन्त्री र मन्त्री, सचिवहरूले चासो दिनुपर्ने माग पीडितहरूले गरेका छन् ।

 

मेसिन र बिग्रेका औजार असरल्ल 

 

वीर अस्पतालका पुरानो सिटी स्क्यान मेसिनका साथै अपरेशनका र अन्य विविध औजार बिग्रेर थन्केको वर्षौं भइसक्यो । यस्ता औजार बिग्रिएर थक्किंदा अस्पतालका हरेक तला कबाडी परिणत भएका छन् । तर, वीर अस्पतालले त्यस्ता औजारहरू लामो समयदेखि न त मर्मत न त लिलामी केही पहल गरेको छैन ।

 

वीरका औजार विग्रिंदा निजी अस्पतालमा विरामी कुदाउन पाइने भएकाले पनि अति आवश्यक औजार समेत मर्मत संभार गरिदैन भन्ने गुनासो पीडितहरूको रहेको छ । साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको