किताव किन्न निस्किएका शिक्षक अझै फर्केनन्



हाम्रो इकोनोमि

 

टोखा नगरपालिका–१ स्थित बौडेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण फूँयाल तीन दिनदेखि वेपत्ता भएका छन् ।

 

शिक्षा सेवा आयोगको परीक्षाका लागि माध्यमिकस्तरीय पुस्तक किन्न भनी सोमबार साँझ तार्केश्वर नगरपालिका–२ काभ्रेस्थलीमा रहेको घरबाट भोटाहिटी जान्छु भन्दै निस्केका फूँयाल सम्पर्कविहीन भएको उनका आफन्तले जनाएका छन् ।

 

उनी बौडेश्वर उमाविको प्रावि तहका स्थायी शिक्षक हुन् । शिक्षक फुयाल चढेको बा ८ ५प ९३३६ नम्बरको मोटरसाइकल भने प्रहरीको सहयोगमा मंगलबार चितवन नजिकै जलबीरे भन्ने ठाउँमा भेटिएको उनका भिनाजु पूर्णप्रसाद तिम्लसिनाले जानकारी दिएका छन् ।

 

मोटरसाइकल उपत्यका बाहिर फेला पर्नुले घटना झन् शंकास्पद भएको भन्दै आफन्तजनले छिटो खोजी गरिदिन आग्रह गरेका छन् । बालाजु प्रहरी वृत्तले भने निरन्तर खोजी भइरहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
लेखकलाई आयोगले बोलायो, देउवासँग परामर्श लिँदै

    जेनजी आन्दोलन जाँचबुझ आयोगले बयानमा बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखक...

एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...