किताव किन्न निस्किएका शिक्षक अझै फर्केनन्



हाम्रो इकोनोमि

 

टोखा नगरपालिका–१ स्थित बौडेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण फूँयाल तीन दिनदेखि वेपत्ता भएका छन् ।

 

शिक्षा सेवा आयोगको परीक्षाका लागि माध्यमिकस्तरीय पुस्तक किन्न भनी सोमबार साँझ तार्केश्वर नगरपालिका–२ काभ्रेस्थलीमा रहेको घरबाट भोटाहिटी जान्छु भन्दै निस्केका फूँयाल सम्पर्कविहीन भएको उनका आफन्तले जनाएका छन् ।

 

उनी बौडेश्वर उमाविको प्रावि तहका स्थायी शिक्षक हुन् । शिक्षक फुयाल चढेको बा ८ ५प ९३३६ नम्बरको मोटरसाइकल भने प्रहरीको सहयोगमा मंगलबार चितवन नजिकै जलबीरे भन्ने ठाउँमा भेटिएको उनका भिनाजु पूर्णप्रसाद तिम्लसिनाले जानकारी दिएका छन् ।

 

मोटरसाइकल उपत्यका बाहिर फेला पर्नुले घटना झन् शंकास्पद भएको भन्दै आफन्तजनले छिटो खोजी गरिदिन आग्रह गरेका छन् । बालाजु प्रहरी वृत्तले भने निरन्तर खोजी भइरहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...