स्थानीय तहमा एक हजार ४३४ स्वास्थ्यकर्मीको दरबन्दी थपिंदै



 

स्थानीय तहमा स्वास्थ्य निकायहरुमा पर्याप्त जनशक्ति नहुँदा सर्वसाधरणलाई उपचार सेवा प्रदान गर्न समस्या भइरहेको गुनासो आइरहेका बेला सरकारले स्थानीय तहमा स्वास्थ्य कर्मचारीको दरबन्दी थप्ने भएको छ ।

 

सरकारले स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि दरबन्दी थप्ने तयारी थालेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा एक हजार ४३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको छ । स्वास्थ्य क्षेत्रका कर्मचारी नहुँदा औषधिको खरिददेखि खोप सञ्चालन कार्यक्रम तर्जुमामा समेत समस्या देखिएपछि दरबन्दी थप्न लागिएको हो ।

 

मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदका अनुसार १४ सय ३४ कर्मचारीको दरबन्दी थप्ने फाइल मन्त्रिपरिषदमा पुगेको छ । मन्त्रालयले जनसंख्याका आधारमा कर्मचारीको दरबन्दी मिलाएको छ । कम्तीमा २५ हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा एक जना स्वास्थ्यकर्मीको प्रस्ताव गरिएको छ ।

 

२५ हजारभन्दा बढी जनसंख्या भएकामा दुई जना, ५० हजारदेखि एक लाखसम्म जनसंख्या भएको तहमा तीन जना र सोभन्दा बढी जनसंख्या भएका तहमा चार जना स्वास्थ्यकर्मी राख्ने तयारी छ । अहिले कर्मचारी अभावकै कारण कतिपय स्थानीय तहका स्वास्थ्य निकायहरुले साधन स्रोत भए पनि नागरिकलाई उपचार सेवा दिन नसकिरहेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको