भोलिदेखि नेपालकै पहिलो कलङ्की अन्डरपास सञ्चालनमा आउने



हाम्रो इकोनोमि

 

चिनियाँ सहयोगमा निर्माण भएको कलङ्की अन्डरपास भोलिदेखि संचालनमा आउने भएको छ ।

सांसदको विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक मनिन्द्र नाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

 

उनका अनुसार कलङ्की चोकमा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको छ । अन्डरपास सन्चालनमा आए सँगै सो क्षेत्रको सडक जाम कम हुने अपेक्षा गरिएको छ ।  ‘अन्डरपास’  चार लेन फराकिलो र ३८ मिटर लामो छ ।

 

यो ‘अन्डरपास’ को सञ्चालनपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् । त्यसैगरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर जानेछन् ।

 

खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि पनि दुई–दुर्ई लेनको छुट्टै सर्भिस ट्रयाक निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...