कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भने– अब नेकपाबाहेक अन्त पहिरो जान्छ



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नेतृत्वको सरकारले अब नयाँ उडान भर्ने बताएका छन् ।

 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विभिन्न जिल्लाका कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा अध्यक्ष ओलीले सरकारले अब सुशासन, विकास, समृद्ध नेपाल सुखी नेपालीतर्फको उडान भर्ने बताएका हुन् ।

 

ʻसाथीहरूको प्रवेशले पार्टी अझ गतिशील भएको छ । नेकपामा आएका साथीहरूको अनुहारमा हेरे देश बनाउने संकल्प छ । गर्न सकिन्छ भन्ने आत्मविश्वास छ,ʼ ओलीले भने, ʻयहाँहरूको विश्वास तलमाथि पर्दैन ।ʼ

 

ओलीले गणेशमान र कृष्णप्रसाद भट्टराईले समेत कांग्रेस छाड्नु परेको भन्दै नेकपा प्रवेश गरेका कार्यकर्ताले पछुताउनु नपर्ने बताए । ʻआज नेपाल नयाँ उद्देश्य, नयाँ अठोट र आत्मविश्वासका साथ अगाडि बढ्दैछ । सरकारले जनताका कामना र चाहानालाई व्यवहारमा उतार्दैछ,ʼ उनले भने, ʻअब नेकपाबाहेक अन्त त पहिरै जान्छ अब !ʼ

 

कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिइने बताए ।

 

कार्यक्रममा कांग्रेसका पूर्वजिल्ला सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री, साविकको खिजी चण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल, रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत, खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवारलगायत कार्यकर्ता नेकपा प्रवेश गरेका थिए ।

बिहीवार नै स्वतन्त्र राजनीतिक समूहका सांसद हृदयेश त्रिपाठी लगायतका नेताहरू पार्टी प्रवेश गर्ने भनिए पनि कुरा नमिलेको भन्दै त्रिपाठी सहितका नेताहरू पार्टी प्रवेश गरेनन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...