रामशरणले भने हावादारी कुरा गरेर समृद्धि भेटिँदैन, कुखुराको अण्डामा कर लगाउँदा सरकार के हेरेर बसेको



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले लगानीका लागि सरकारले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेमा उल्टै निरत्साहित गरेको आरोप लगाएका छन् । उनले सरकारले हावादारी कुरा गरेकाले समृद्धिको सपना पूरा नहुने ठोकुवासमेत गर्न भ्याए ।

 

‘सरकारले आर्थिक समृद्धिको सपना त देखायो तर त्यसका लागि आवश्यक वातावरण बनाउन सकेन’, नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको समसामयिक अर्थ राजनीतिको समीक्षा विषयक कार्यक्रममा उनले प्रतिप्रश्न गरे, ‘केन्द्र, प्रदेश, स्थानीय सरकारले मनपरी करको दायरा बढाएका छ्न । कर बढापछि निजी क्षेत्रको कसरी आकर्षक बढ्छ ?’

 

निजी क्षेत्रलाई निरुत्साहित गरेर समृद्धि हासिल हुन नसक्ने भन्दै उनले विश्वासमा लिन आग्रह गरे । तीन तहका सरकारबीचको समन्वय अभावले कन्फ्युजन भएकाले समृद्धिको यात्रा ट्रयाकमा नगएको उनको भनाइ छ ।

 

अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले कर घटाएर धमाधम पुँजी भित्र्याइरहेको प्रसंग जोड्दै महतले त्यसबाट सिक्न सरकारलाई सुझाए ।

 

सरकार कर्मचारीतन्त्रमा राजनीतिकरण गर्दै सरुवा, बढुवामा केन्द्रित भएको आरोप पनि महतले लगाए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...