हजुरबुवा र ठूली आमा मिलेर आयोग साहको हत्या, अपराधी यसरी परे जेल, भने हामिले नै हत्या गरेका हौँ



हाम्रो इकोनोमि

 

असार ३१ गते स्थानीय पोखरीमा मृत भेटिएका पर्सा बहुदरमाई नगरपालिका– २ का ६ वर्षीय आयोग साहको हत्या परिवारकै सदस्यबाट भएको पुष्टि भएको छ । हत्याको एक महिनापछि प्रहरीले आयोगकको हत्या परिवारकै सदस्यबाट भएको खुलासा गरेको हो ।

 

शिवजी साहको छोरा आयोगको हत्या हजुरबुवा र ठूली आमा मिलेर गरेको प्रहरी दावी छ ।

 

हत्या अभियोगमा प्रहरीले जिल्ला पर्सा, बहुदरमाई–२, बैरीया विता बस्ने ताराचन्द साह र रितादेवी साहलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । ताराचन्द आयोगका हजुरबुवा हुन् भने रिता ठूली आमा ।

 

घटनाको अनुसन्धान गर्दै जाँदा मृतकको बाजे ताराचन्द र निजकै ठूली आमा रिता देवी मिलेर आयोगको हत्या गरेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले जानकारी दिए ।

 

‘अनुसन्धानको क्रममा संकलित प्रमाणका आधारमा उनीहरु दुवै जना मिलेर बालकको हत्या गरेको देखिएको छ’, उनले भने ‘हत्याको कारण खुल्न सकेको छैन, थप अनुसन्धान गरिरहेका छौं ।’

साउन ३१ गते बिहान ८ बजे खाना खाएर घरबाट निस्किएका आयोग घरदेखि अन्दाजी ३ सय मिटर उतरतर्फ रहेको बाँसको झाङ नजिकैको पोखरीमा दिउँसो २ बजेतिर मृत भेटिएका थिए ।

 

प्रहरी स्रोतका अनुसार उनीहरुले पोखरीको उत्तरी किनारमा रहेको खर काँस सहितको बाँसको झाङमा लगी आयोगको घाँटी बटारेर हत्या गरेका थिए । त्यसपछि नजिकैको पोखरीमा लास फालेका थिए ।

 

पर्सा जिल्ला अदालतको साउन २८ गतेको आदेशले साउन ३० गते दुवै जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

८ महिनाको अन्तरालमा एकै परिवारका दुई जना बालकको हत्या भएपछि स्थानीयले गम्भीर ढंगले अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएका थिए ।

प्रशासनले यसबारे छानबिन गर्न समिति गठन गरेको थियो । अनुसन्धानमा सहयोग पुर्याउन सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको संयोजकत्वमा गठन गरिएको छानवीन समितिले प्रतिवेदन अन्तिम चरणमा पुर्याएको छ ।

 

दुई बालकको हत्यार अझै पत्ता लागेनन

आयोगको हत्या प्रकरणमा सफल भए पनि प्रहरीले पर्साका दुई बालक हत्या घटनाको दोषी पत्ता लगाउन सकेको छैन ।

०७४ मंसिर १६ गते शिवजी साहको दाइ सञ्जय साहको १० वर्षीय छोरा सुमित साहको पनि हत्या भएको थियो । घरबाट हराएको ४ दिनपछि सुमितलाई छुरा प्रहार गरी मारेर पोखरीमा फालिएको अवस्थामा शव फेला परेको थियो । उनको हत्यारा प्रहरीले अझैसम्म पत्ता लगाउन सकेको छैन ।

 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाले सुमित साहको हत्याको घटनालाई पनि जोडेर अनुसन्धान हुने जानकारी दिए ।

त्यसैगरि ०७३ असोज २० गते मृत भेटिएका बहुदरमाई वडा नं. ८ रामनगरी बस्ने विनोद पटेलको छोरा वर्ष ९ को राजन पटेलको हत्यारा पनि प्रहरीले पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...