भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्य नाजुक



हाम्रो इकोनोमि

 

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य नाजुक बनेको छ । उनलाई लाइफ सपोर्टमा राखिएको छ ।

 

९३ वर्षीय वाजपेयीको अल इण्डिया इन्सटिच्युट अफ मेडिकल साइन्स (एम्स)मा विगत दुई महिना अघिदेखि उपचार भइरहेको छ ।

 

बुधबार अचानक उनको स्वास्थ्य झन् बिग्रिएकाले लाइफ सपोर्टमा राखिएको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

भारतीय जनता पार्टीको संस्थापकसमेत रहेका वाजपेयी मिर्गौला र छातिको समस्याबाट पीडित छन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, मन्त्रीहरु, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह लगायतले अस्पताल पुगेर भेटेका थिए ।

 

वाजपेयी तीन पटकसम्म भारतको प्रधानमन्त्री बनेका छन् । उनी १६ मे १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । उनलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाटसम्मान पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...