भारतीय पूर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्य नाजुक



हाम्रो इकोनोमि

 

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य नाजुक बनेको छ । उनलाई लाइफ सपोर्टमा राखिएको छ ।

 

९३ वर्षीय वाजपेयीको अल इण्डिया इन्सटिच्युट अफ मेडिकल साइन्स (एम्स)मा विगत दुई महिना अघिदेखि उपचार भइरहेको छ ।

 

बुधबार अचानक उनको स्वास्थ्य झन् बिग्रिएकाले लाइफ सपोर्टमा राखिएको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

भारतीय जनता पार्टीको संस्थापकसमेत रहेका वाजपेयी मिर्गौला र छातिको समस्याबाट पीडित छन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, मन्त्रीहरु, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह लगायतले अस्पताल पुगेर भेटेका थिए ।

 

वाजपेयी तीन पटकसम्म भारतको प्रधानमन्त्री बनेका छन् । उनी १६ मे १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । उनलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाटसम्मान पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...