विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी, जहाँ भेट्यो त्यही पक्राउ गर्न गृहमन्त्री थापाको निर्देशन



हाम्रो इकोनोमि

 

 

जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका सात उच्च नेताविरुद्ध मुद्दा चलाएको छ ।

 

उनीहरुविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरिएको हो । कार्यालयले बुधबार जिल्ला अदालत कालिकोटमा उक्त मुद्दा दर्ता गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी विनोद शर्माले बिहीबार नेकपाले गरेको बन्दका क्रममा कर्णाली राजमार्गको कालेखोला र सदरमुकाम मान्मस्थित मालपोत र नापी कार्यालयको हातामा गराएको बम बिस्फोट गराएको अभियोग उनीहरुविद्ध लगाइएको बताए ।

 

बम विस्फोटमा संलग्न रहेको भन्दै नेकपाका ७ नेताविरुद्ध बुधबार जिजल्ला अदालतमा संगठित अपराध तथा बिस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरिएको उनले जानकारी दिए ।

 

कर्णाली राजमार्गको कालेखोलामा विस्फोटमा संलग्न शान्नित्रिवेणी गाउँपालिका मुम्राका कासे दर्जीलाई पक्राउ गरिएको छ । उनले दिएको बयानका आधारमा नेकपाका उच्च नेताहरुको पनि संलग्नता रहेको देखिएपछि मुद्दा दर्ता गरिएको हो ।

 

मुद्दामा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, पोलिटब्युरो सदस्य भरतबहादुर बम रणवीर, पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य धीरेन्द्र उपाध्याय भृकुटी, जिल्ला सेक्रेटरी लोकजंग शाही समर, महिला नेतृ शान्ति विक क्रान्ति रहेका छन् ।

 

जिल्ला प्रहरी प्रमूख डिएसपी शर्माका अनुसार कुकर बम बिस्फोटमा संलग्न कासे दर्जीसहित नेकपाका उच्च नेताविरुद्धको मुद्दामा जिल्ला अदालत कालिकोटले सात दिन म्याद थप गरेको छ । अदालतले उनीहरुलाई पक्राउ पुर्जी पनि जारी गरेको छ ।

 

जिल्ला प्रहरी प्रमुख शर्माले कालिकोटका दुई ठाँउमा भएको बम विस्फोटका घटनामा नेकपाका उच्चतहकै नेताको संलग्नता देखिएको बताए । उनले नेकपाका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द विप्लवले नै पार्टीको कार्यक्रम सफल बनाउन बम बिस्फोट गर्न पठाएको खुलेकाले उनीविरुद्ध पनि मुद्दा दर्ता भएको बताए ।

 

शर्माका अनुसार जिल्ला अदालत कालिकोटबाट महासचिव चन्दसहित नेताहरुलाई पक्राउ गर्न पुर्जी जारी भएपछि खोजी तीब्र बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...