विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी, जहाँ भेट्यो त्यही पक्राउ गर्न गृहमन्त्री थापाको निर्देशन



हाम्रो इकोनोमि

 

 

जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका सात उच्च नेताविरुद्ध मुद्दा चलाएको छ ।

 

उनीहरुविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरिएको हो । कार्यालयले बुधबार जिल्ला अदालत कालिकोटमा उक्त मुद्दा दर्ता गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी विनोद शर्माले बिहीबार नेकपाले गरेको बन्दका क्रममा कर्णाली राजमार्गको कालेखोला र सदरमुकाम मान्मस्थित मालपोत र नापी कार्यालयको हातामा गराएको बम बिस्फोट गराएको अभियोग उनीहरुविद्ध लगाइएको बताए ।

 

बम विस्फोटमा संलग्न रहेको भन्दै नेकपाका ७ नेताविरुद्ध बुधबार जिजल्ला अदालतमा संगठित अपराध तथा बिस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरिएको उनले जानकारी दिए ।

 

कर्णाली राजमार्गको कालेखोलामा विस्फोटमा संलग्न शान्नित्रिवेणी गाउँपालिका मुम्राका कासे दर्जीलाई पक्राउ गरिएको छ । उनले दिएको बयानका आधारमा नेकपाका उच्च नेताहरुको पनि संलग्नता रहेको देखिएपछि मुद्दा दर्ता गरिएको हो ।

 

मुद्दामा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, पोलिटब्युरो सदस्य भरतबहादुर बम रणवीर, पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो ईन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य धीरेन्द्र उपाध्याय भृकुटी, जिल्ला सेक्रेटरी लोकजंग शाही समर, महिला नेतृ शान्ति विक क्रान्ति रहेका छन् ।

 

जिल्ला प्रहरी प्रमूख डिएसपी शर्माका अनुसार कुकर बम बिस्फोटमा संलग्न कासे दर्जीसहित नेकपाका उच्च नेताविरुद्धको मुद्दामा जिल्ला अदालत कालिकोटले सात दिन म्याद थप गरेको छ । अदालतले उनीहरुलाई पक्राउ पुर्जी पनि जारी गरेको छ ।

 

जिल्ला प्रहरी प्रमुख शर्माले कालिकोटका दुई ठाँउमा भएको बम विस्फोटका घटनामा नेकपाका उच्चतहकै नेताको संलग्नता देखिएको बताए । उनले नेकपाका केन्द्रीय महासचिव नेत्रविक्रम चन्द विप्लवले नै पार्टीको कार्यक्रम सफल बनाउन बम बिस्फोट गर्न पठाएको खुलेकाले उनीविरुद्ध पनि मुद्दा दर्ता भएको बताए ।

 

शर्माका अनुसार जिल्ला अदालत कालिकोटबाट महासचिव चन्दसहित नेताहरुलाई पक्राउ गर्न पुर्जी जारी भएपछि खोजी तीब्र बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...