सबै निजी जमिन सरकारीकरण गर्दै, अब निजी जमिन नरहने , सुकुम्बासीलाई हाउजिङ



हाम्रो इकोनोमि

 

सरकारले सबै निजी जमिनलाई राष्टियकरण गर्न लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा भएको उत्त छलफलमा यस्तो कुरा उठेको स्रोतको दाबी छ । त्यसैगरी बाबुको सम्पत्ती अनिवार्य छोरालाई दिनुपर्ने ब्यवस्थापनि सरकारले हटाउन लागेको स्रोत बताउँछ ।

 

खेतीयोग्य जमिन सा साना टुक्रा भएकाले आधुनिक उपकरण प्रयोग गर्न नसकेको कारण जमिन चक्ला बनाउन पनि सबै जमिन सरकारीकरण गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

छलफलमा मन्त्री अर्यालले विधेयक बनाएर सदनमा लाने र पास गराउने बारेमा कुरा भैरहेको बिषेश स्रोत बताउछ ।

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुकुम्बासीलाई हाउजिङमा राख्ने नीति ल्याइने बताउनु भएको छ ।

 

मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा मन्त्री अर्यालले भन्नुभयो, ‘देशभरका सुकुम्बासीका लगत तयार भएपछि उनीहरुलाई भूमि दिनु भन्दा बस्ने व्यवस्था गर्न हाउजिङ उपयुक्त हुनेछ । ‘जनसंख्या बढ्दो छ, तर जग्गा बढ्दैन, त्यसैले सुकुम्बासी, गरिब एकठ्ठा गरेर उनीहरुलाई बसोबास गराउनु सरकारको पहिलो प्राथमिकता हो ।’

 

यस्तै, मन्त्रालयले मालपोत र नापी कार्यालय व्यवस्थित गर्न अनलाइन सेवा सञ्चालनमा ल्याउने भएको छ । मन्त्रालयले मातहतका कार्यालयहरुमा परिपत्र गर्दै तत्काल अनलाइन सेवा सञ्चालन शुभारम्भ गर्न भनेको छ ।

 

‘लेखापढी व्यवसायीलाई पोशाक अनिवार्य गरेका छौँ र मालपोत तथा नापीमा पेश हुने निवेदनको फारम छापेर लेखापढी व्यवसायीको भूमिका खुम्च्याउँदैछौँ,’ मन्त्री अर्यालले भन्नुभयो, ‘लेखापढी व्यवसायीविना निवेदन नै लेख्न नसकिने कारण मालपोत र नापीमा सर्वसाधारण ठगिएकाले निवेदनको फारम नै छापेर दिने व्यवस्था गर्न लागेका हौँ ।’

 

गरिब ‘कर्मचारी र मन्त्रीहरु’ नरहने
सरकारले गरिबको परिचय पत्र बाँडेको छ । तर परिचय लिनेमा पूर्वमन्त्रीहरु, नेताहरु, सरकारी कर्मचारीहरु, कर्मचारी नेताहरु, अवकाशप्राप्त कर्मचारीहरु भेटिएकाले कानुन नै ल्याएर यस्तो व्यवस्थामा सुधार ल्याउने मन्त्रालयको तयारी छ । गरिबको परिचय पत्र लिएकाको अन्य सम्पत्ति भेटिए राज्यले जफत गर्ने नियम बनाउने तयारी मन्त्रालयको छ ।

 

हलिया ठग्नेहरु कारबाहीमा पर्ने
सरकारले राज्यका विभिन्न भूगोलमा अल्पसंख्यक, पछाडि परेकालाई दिएको सुविधामा भएको बदमासी छानबिन गर्ने भएको छ । मुक्त कमैया, हलियाका लागि राज्यबाट वितरण भएको रकममा कर्मचारी र स्थानीय टाठाबाठाले लामो हात गरेको र मुक्त कमैया तथा हलियाले अनुदान नपाएको विषय राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठकमा समेत उठेकाले जिल्लामै पुगेर अनुसन्धान गरिने मन्त्रालयको योजना छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...