भन्सार कार्यालयका नायब सुब्बा १० हजार घुससहित रंगेहात पक्राउ



हाम्रो इकोनोमि

 

कञ्चनपुर गड्डाचौकी भन्सार कार्यालयका नायव सुब्बा रामप्रसाद भट्टराई घुसको रकमसहित पक्राउ परेका छन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मंगलबार रंगेहात पक्राउ गरेको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रेम सागर केसीले भट्टराईले सेवाग्राहीबाट नगद १० हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेको बताए ।

 

केसीका अनुसार गड्डाचौकी भन्सार कार्यालयबाट आयातीत सामान भन्सार नकाटेरै छोड्नको लागि भट्टराईले सेवाग्राहीबाट नगद १० हजार रुपैयाँ माग गरेका थिए।

 

घुसको रकमसहित पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं पठाइने तयारी भइरहेको केसीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...