पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त



हाम्रो इकोनोमि

 

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।

अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई प्राधिकरणको सीआईओ बनाएको थियो । तर, प्रचण्ड सरकारले हटाएको थियो ।

ज्ञवाली र पोखरेल आलोपालो

२०७२ वैशाखको भूकम्प प्रभावितहरुलाई राहत तथा पुनर्स्थापनाका लागि गठन भएको प्राधिकरणको सीईओ पदमा चरम राजनीतिकरण भइरहेको छ ।

हरेक सरकारले भएका सीईओलाई हटाउने र आफू निकटलाई ल्याउने गरेका छन् । यसले गर्दा प्राधिकरणले प्रभावकारी रुपमा काम भने गर्न सकेको छैन ।

सुरुमा गोविन्दराज पोखरेल सीईओ थिए । तर, केपी ओली सरकारले उनलाई हटाएर ज्ञवालीलाई ल्याए । ओली सरकार ढालेर कांग्रेस र तत्कालीन माओवादी केन्द्रको सरकार बन्यो, जसमा पोखरेल पुनः प्राधिकरण फर्किए ।

संघीय संसदको चुनावका बेला कांग्रेसबाट उम्मेदवार बन्ने भएपछि पोखरेलले राजीनामा दिए । उनको स्थानमा पूर्वप्रशासक युवराज भुसाल आए ।

पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारले उनलाई हटाएपछि सीईओ पद रिक्त थियो ।

मुद्दा अदालतमा विचाराधीन

 

पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त ज्ञवालीको मुद्दा भने सर्वोच्च अदालतमा विचाराधीन छ ।

 

आफूलाई हटाउने प्रचण्ड सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै उनी अदालत गएका थिए । तर, उनको मुद्दामा अन्तरिम आदेश भएन । अन्तिम सुनुवाईमा पेश गर्नु भनियो । त्यसयता दुई वटा सीआईओ आए र गए तर, सुनुवाई भएको छैन ।

 

मुद्दा अझै सर्वोच्चमा विचाराधीन रहेको ज्ञवालीका कानुनी सल्लाहकार लेखनाथ भट्टराईले बताए ।

 

ज्ञवालीले सीईओमा पुनर्वहाली गरिपाउँ भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए । तर, सरकारले नियुक्ति दिएपछि उनी मुद्धा फिर्ता लिने तयारीमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...