विप्लव समूहका प्रवक्ता प्रकाण्डले करोडौं चन्दा उठाएको हो भन्दै यसरी दिए जबाफ



हाम्रो इकोनोमि

 

नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)ले चन्दा उठाएको स्वीकार गरेका छन् । प्रकाण्ड एक सातादेखि प्रहरी हिरासतमा छन् ।

 

जिल्ला अदालत काठमाडौंले बुधबार मात्र उनलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण मुद्दामा भोलि सर्वोच्चमा उपस्थित गराउन महानगरीय प्रहरी परिसर काठमाडौंको तयारी छ ।

 

सर्वोच्चले सोमबार बाटोको म्याद बाहेक ४८ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो ।

 

प्रहरीका अनुसार प्रकाण्डले चन्दा लिएको स्जीकार गरेका छन् । अनुसन्धान अधिकारी समक्ष बयान दिने क्रममा उनले आर्थिक, भौतिक र नैतिक हिसाबले हामीले सहयोग लिएका छौं’ भनेका छन् । ‘चन्दा नभइ, सहयोग लिएको’ उनको दाबी छ । ‘हाम्रो पार्टीको नीति नै यही हो’, प्रकाण्डले बयानमा भनेका छन् ।

 

विप्लव समूहका प्रवक्ता प्रकाण्ड हेटौंडाबाट काठमाडौं आउने क्रममा २३ साउन पक्राउ परेका थिए । उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिए पनि अनुसन्धान भने विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गरेको छ ।

 

७ करोड ५६ लाख चन्दा उठाएको रेकर्ड भेटियो

 

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार प्रकाण्डले मात्रै ७ करोड ५६ लाख रुपैयाँ चन्दा उठाएको विवरणसहितको आयव्यय रेकर्ड विशेष ब्यूरोको टोलीले फेला पारेको छ ।

 

प्रकाण्ड पक्राउ परेपछि प्रहरीले कपनस्थित घरमा छापा मारेको थियो । त्यहाँ २०७३ साल चैतदेखि चन्द उठाएको विवरण बरामद भएको स्रोतको दाबी छ । स्रोतका अनुसार उनको घरमा बरामद गरिएको व्यय विवरणमा विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुलाई दिइएको रकमको बारेमा उल्लेख गरिएको छ ।

 

प्रतिष्ठित उद्योगपतिदेखि दे व्यपारीहरुबाट विप्लव समूहले ठूलो रकम चन्दा उठाइरहेको सूचना गृह मन्त्रालयसम्म पुगेपछि समूहमाथि सुरक्षा निकायले निगरानी बढाएको थियो ।

 

प्रकाण्डको कसुर प्रमाणित भए चन्दा ऐन २०३० अनुसार २ वर्ष कैद वा संकलित रकम जफत वा दुवै सजाय हुनसक्छ ।

 

बिहीबार सर्वोच्चमा उपस्थित गराइने

 

विप्लव समूहका प्रवक्ता प्रकाण्डलाई बिहीबार बिहान सर्वोच्च अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

 

प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै छोरा नरेन्द्रबहादुरले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । त्यसमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले प्रकाण्डलाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । सोही बमोजिम अदालतमा उपस्थित गराउन लागिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई नैतिकताका आधारमा तत्काल...

प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न हुन्न : योगेश भट्टराई

  नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री पदीय दायित्वबाट भाग्न खोजिरहेको आरोप लगाएका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

२०४६ देखि २०८२ चैत सम्म को-को पर्दैछन सम्पत्ति छानबिनमा

    सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदधारी बहाल र सेवा निवृत्त...