११ वर्षीय बालक बने ह्याकर, अमेरिकी निर्वाचन वेबसाइट यसरी गरेका थिए ह्याक



हाम्रो इकोनोमि

 

११ वर्षीय एक बालकले अमेरिकाको फ्लोरिडाको निर्वाचनको वेबसाइट ह्याक गरेका छन् । उनले १० मिनेटभित्रै सो साइट ह्याक गरिदिएका हुन् ।

 

उनले एक ह्याकर सम्मेलनको क्रममा आफ्नो कला देखाएका हुन् । अमेरिकाको निर्वाचनको विषयमा विभिन्न किसिमको आशंकाहरु उत्पन्न भइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो ।

 

मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार यस किसिमको वेबसाइट गर्नसक्ने ३५ बालबालिकाहरुमध्ये उक्त बालकले सबैभन्दा छिटो सो वेबसाइट ह्याक गरेका हुन् । यो सम्मेलनमा ५ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरु सहभागी भएका थिए ।

यो सम्मेलन अमेरिकाको निर्वाचनको संरचनाहरुको परीक्षणको लागि आयोजना गरिएको थियो । यस विषयमा अमेरिकाको सम्बन्ध्ति निकायले भने यो कार्यक्रमको उद्देश्यको प्रशंसा गरेको छ । यद्यपि उसले यो परीक्षणको भन्दा थप केही सुरक्षा उक्त प्रणालीमा रहेको दाबी गरेको छ ।

 

अधिकारीहरुले अमेरिकाको यो प्रणाली ह्याक गर्न निकै कठिन रहेको बताएका हुन् । अमेरिकका राज्यहरुमा मध्यावधि निर्वाचनको तयारी भइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो । आगामी नोभेम्बर महिनामा अमेरिकाको निर्वाचनमा रुसको भूमिका महत्वपूर्ण हुनसक्ने भन्दै विश्लेषकहरुले चेतावनी दिइरहेका छन् ।

 

उक्त आयोजनाका सहभागीहरुले पार्टीको नाम परिवर्तन गर्नुका साथै १२ अर्ब फर्जी भोटहरु देखाएका थिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...

सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...