३ वर्षपछि टीकापुर घटनाका अभियुक्तलाई अदालत लगियो



हाम्रो इकोनोमि

 

 

टीकापुर घटनाको तीन वर्षपछि अभियुक्तहरुलाई अदालत उपस्थित गराइएको छ ।

 

पुर्पक्षको लागि थुनामा रहेका अभियुक्तहरुलाई बुधबार जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ । यसअघि साउन २४ मा तोकिएको पेशी जिल्ला न्यायाधीश पर्शुराम भट्टराई अस्वस्थ भएपछि बुधबारका लागि सारिएको थियो ।

प्रतिवादीतर्फका कानुन व्यवसायी गंगाराम पाध्यायले बु्धबार नै मुद्दाको आवश्यक मिसिल तयार पार्ने र वादी तथा प्रतिवादीतर्फको प्रमाण बुझेर साक्षी बोलाउन आदेश जारी हुन सक्ने बताए ।

 

टीकापुरमा भएको थरुहटरथारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा १ नाबालक सहित ७ प्रहरीको मृत्यु भएको थियो । त्यसको भोलिपल्टदेखि जारी गरिएको कफ्र्युको समयमा थारु समुदायको दर्जनौं घर, पसल, एफएमलगायतमा आगजनी भएको थियो ।

 

उक्त घटनामा २ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनाविरुद्ध विभिन्न अभियोग छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ ।

 

हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका प्रतिनिधि सभा सदस्य रेशम चौधरीको पेशी बिहीबार हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...