भारतको ७१ सय हेक्टर जमिन नेपालको कब्जामा रहेको भारतीय मिडियाले यसरी फैलाउदैछ भ्रम



हाम्रो इकोनोमि

भारतको सात हजार एक सय हेक्टर जमिनमाथि नेपालको नियन्त्रण रहेको दावी भारतीय मिडिया दैनिक भास्करले गरेको छ।

 

मंगलबारको रिपोर्टमा उसले बिहारको पश्चिम चम्पारण जिल्लाको लगभग ७ हजार एक सय हेक्टर जमिन नेपालले कब्जा गरेको दावी गरिएको छ।

 

समाचारमा भनिएको छ( जुन नेपाललाई भारतले मित्र मानेर अँगालो हालेको छ, उही मित्रले बिहारको पश्चिम चम्पारण जिल्लाको लगभग ७१०० हेक्टर जमिन कब्जा गरेको छ। यो शिलशिला अझै बढ्दो छ।

 

बालमिकीनगरमा सुस्ता, बाल्मिकी टाइगर रिजर्वको जंगल र गोवर्द्धनमा शिवालिक क्षेत्रको पहाडसहित कतिपय इलाकामा नेपालको अवैध कब्जा बढेको समाचारको दावी छ। यही मौकामा दोहोरो नागरिकता लिनेहरू पनि बढेको दावी समाचारको छ। जंगलबाट करोडौँ रुखहरू काटिएको समाचारमा दावी छ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...