बेरोजगार परिवारलाई अब सरकारले रोजगारीको ग्यारेन्टी गर्ने



हाम्रो इकोनोमि

 

बेरोजगारी समस्याले देश आक्रान्त बनिरहेको बहस चलिरहेका बेला अब सरकारले नै बेरोजगार परिवारलाई रोजगारीको ग्यारेन्टी गर्ने भएको छ ।

 

सरकारले वर्षमा सय दिनको रोजगारी ग्यारेन्टी गर्ने भएको छ । कुनै पनि सदस्य रोजगार नभएको परिवारमा एक जना सदस्यलाई न्यूनतम सय दिनको रोजगारी दिने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिएका छन् ।

 

स्थानीय तह, प्रदेश तथा अन्य व्यावसायिक संस्थाहरूसँग सम्झौता गरी रोजगारी ग्यारेन्टीको कार्यक्रम सञ्चालन हुने जनाइएको छ । यो कार्यक्रममा रोजगारी पाउनेले सरकारले तोकेको न्यूनतम ज्यालाको आधा रकम सरकारको तर्फबाट पाउने दाहालले जानकारी दिए । कार्यक्रमका लागि ३ अर्ब २५ करोड बजेट बिनियोजन भएको छ ।

 

प्रतिनिधिसभाको उद्योग वाणिज्य श्रम उपभोक्ता संसदीय समितिको बैठकमा बोल्दै उनले रोजगारी नभएको परिवारको सदस्यलाई निर्माण, गैरसरकारी तथा अन्य क्षेत्रमा वर्षभर १ सय दिन रोजगारी दिने कार्यविधि बनेको जानकारी दिएका छन् । कार्यविधि मन्त्रिपरिषदबाट पारित हुन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...