नेपाली कामदारको श्रम शोषण गर्ने मलेसियन कम्पनी बेस्टिनेत निलम्बन



हाम्रो इकोनोमि

 

 

नेपाली कामदारको निरन्तर आर्थिक र श्रम शोषण गरिरहेको मलेसियाको बेस्टिनेट एडिएन बिएचडी नामक कम्पनीलाई निलम्बन गरेको छ ।

 

नेपाली कामदार ठगेको आरोपमा मलेसिया सरकारले कम्पनी निलम्बन गरेको हो । नेपाल कामदारमाथी आर्थिक र श्रम शोषण गरेको भन्दै नेपाल सरकारले पनि एक्सन लिएको थियो । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया कामदार पठाउन ५ महिनादेखि रोकिरहेको छ ।

 

बेस्टिनेट एडिएन नामक संस्थाले विभिन्न खाल्का आर्थिक शोषण नेपाली कामदारमाथी गरिरहेको थियो । कामदार रोकपछि मलेसियाको संसदमा पहिलो पटक छलफलको बिषय बनेको छ । मलेसियाका मानव संसाधनमन्त्री एम कुलासेगरनले नेपाल सरकारसँग छिट्टै आपसी समझदारी गर्ने जानकारी गराएका छन् ।

 

‘नेपाल जानुअघि समस्या समाधानका लागि जुन किसिमको आवश्यकता छ, त्यसैअनुसार एमओयू स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउँदै छौँ,’ मंगलबार पत्रकार सम्मेलनमा भने जसरी नेपाल कामदार पठाउन तयार छ, त्यसैगरी हामी पनि उनीहरूलाई स्वीकार गर्न तयार छौँ ।’

 

मलेसियाका प्रधानमन्त्री डा। महाथिर मोहम्मदले नेपालसँग सरकारीस्तरबाटै कामदार लैजाने गरी जिटुजी सम्झौता गर्ने बताए । नेपालसँग जिटुजी सम्झौतामा गर्ने त्यहाँको संसदमा बताएका छन् ।

 

मलेसिया सरकारले विदेशी कामदारका समस्या समाधान गर्न गृह मन्त्रालय र मानव संसाधन मन्त्रालयसहितको संयुक्त समिति बनाउने तयारी गरिरहेको छ । । नेपालसहित सवै विदेशी मुलुकबाट कामदार आपूर्ति गर्दा एउटै प्रणाली अपनाउने बताए ।

 

नेपाल सरकारले मेडिकल परीक्षणका नाममा कामदार ठग्नेबिरुद्ध कारवाही थालेको छ । नेपाल सरकारको एक्सनप्रति मलेसियाका प्रधानमन्त्री महाथिरले सहि कदम बताएका छन् । नेपालबाट मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाविरुद्ध नेपाल सरकारले कारबाही गर्न चालेको कदमको पनि विरोध सकिदैन, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस
अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...

च्याउ टिप्न गएका १४ महिला परिवारको सम्पर्कमा

    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिला अन्ततः परिवारको सम्पर्कमा...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ खोज्न गएका बेलडाँडी गाउँपालिकाका तीनजना महिलाको सकुशल...