सहुलियत दरको कर्जा लिएका भूकम्पपीडित १५ प्रतिशत ब्याज तिर्न बाध्य



हाम्रो इकोनोमि

 

बैंकहरुको लापरबाहीका कारण २ प्रतिशत व्याजदरमा ऋण लिएका भूकम्पीडितहरुले १५ प्रतिशतसम्म ब्याज तिर्नुपरेको छ । भूकम्प प्रभावितले पाउने सहुलियत दरको कर्जामा व्याज बढाएको भन्दै पीडितहरुले यतिबेला विरोधमा उत्रिएका छन् ।

 

१० वर्षे अवधिका लागि २ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराएपनि अहिले १५ प्रतिशत व्याज तिर्नुपरेको भन्दै पीडितहरुले मंगलबार राष्ट्रबैंकमा ज्ञापन पत्र बुझाएका छन् । सरकारले भूकम्प प्रभावितलाई १० वर्षका लागि २ प्रतिशत व्याजदरमा, घर बनाउनका लागि उपत्यका भित्र २५ लाख र उपत्यका बाहिर १५ लाख कर्जा दिने व्यवस्था गरेको थियो । त्यसपछि करिब एकहजार जना भूकम्प पीडितहरुले विभिन्न बैंकबाट कर्जा लिएका थिए ।

 

निकै लामो प्रक्रिया पु¥याएर ऋण पाएको बताउने पीडितहरु अहिले व्याजदरमा दुई प्रतिशतबाट बढाएर १५÷१६ प्रतिशतसम्म पु¥याएको गुनासो गरेका छन् । यसरी लिएको कर्जा १० वर्षमा मासिक किस्तामा तिर्ने व्यवस्था गरिएको भएपनि अहिले व्याज बढाएकाले आफुहरु ऋण तिर्न नसक्ने अवस्थामा पुगेको भूकम्पपीडित सानुमायाँ महर्जनको भनाई छ । उनले सरकारले भूकम्पपीडितको मर्का नबुझेको बताएकी छिन् ।

 

कर्जा उपलब्ध गराएका बैंकहरुले आफूखुशी ब्याज बढाएपछि भूकम्पपीडितहरुले नेपाल राष्ट्र बैकमा ज्ञापन पत्र समेत बुझाएका छन् । उनिहरुले दुई प्रतिशत भन्दा बढी व्याज नलिन भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका छन् । ‘शुरुमा केही नभनेका बैंकहरुले कर्जा लिएको २ वर्षपछि एक्कासि १६ प्रतिशत व्याज पु¥याउनु गलत हो ।’ ललितपुरको पाटन स्थायी घर भएकी सानुमायाँ महर्जनले भनिन्, ‘भूकप्पपीडितलाई बैंकहरुले झनै पीडित बनाएका छन् ।’

 

भुकम्प पीडितहरुले तोकिएकै २ प्रतिशत व्याजदरमा भुक्तानी गर्ने व्यवस्था नमिलाए साँवा तथा ब्याज दुवै भुक्तानी नगर्ने चेतावनी समेत दिएका छन् । यता, राष्ट्र बैंकले भने बैंकहरुले आफूखुशी ब्याजदर बढाउन नपाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...