बागलुङमा पहिरोमा पुरिएर सासु–बुहारी वेपत्ता, प्युठानमा पनि पहिरो



हाम्रो इकोनोमि

गएराति परेको अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङमा दुई जना वेपत्ता भएका छन् ।
 

बागलुङको निसीखोला गाउँपालिका ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी  श्रीमती धन (दिल)कुमारी शाही र बुहारी डल्ली शाही वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले दिए ।
घटनास्थलमा प्रहरी र स्थानीयबाट उद्धारकार्य भैरहेको प्रजिअ खरेलले जानकारी दिए ।

 

यता प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङको ठाडो खोल्सा तथा बतासे खोलामा गएराति भलबाढी आउँदा बुर्तिबाङ बजारको सिमसार टोलका स्थानीय प्रभावित बनेका छन् ।

 

हिजो साँझबाट परेको अविरल बर्षासंगै राती करिव ११ बजेको समयमा बतासे खोलामा बाढी आउन सुरु गरेपछि सिमसार टोलका बासिन्दा प्रभावित भएका हुन् ।

बाढीले कुनै मानवीय क्षती भने गरेको छैन । यद्यपी बाढीले धनमाल बगाउँदा लाखौंको क्षति भएको प्रहरीले जनाएको छ ।

यसअघि पनि गत साउन १ गते राती आएको बाढीका कारण उक्त टोलका ४४ घरपरिवार प्रभावित भएका थिए । जस मध्य ६ घरपरिवार पुर्णरुपमा विस्थापित हुनुपरेको थियो । गएराती परेको मुसलधारे पानीले

 

मध्यपहाडी लोकमार्गको बुर्तिवाङदेखि  निसी बोहोरागाउ, भल्कोट हुँदै रुकुम खण्ड पनि अवरुद्ध बनेको छ । साे सडकमा साना ठुला कुनैपनि सवारी साधन चलेका छैनन् ।

 

प्यूठानमा पहिरोमा पुरिएर एकजना बेपत्ता 
अविरल वर्षापछि आएको पहिरोमा पुरिएर प्यूठानमा पनि  एकजना वेपत्ता भएका छन् । गौमुखी गाउँपालिका ४ डाँजगाउँका झलक बहादुर सुनार वेपत्ता भएका हुन् ।

 

आज (बुधवार) विहान करिब ७ वजे घर माथिबाट खसेको पहिरोमा पुरिएर उनी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

पहिरोले सोहि स्थानका  देब बहादुर सुनार र रमेश सुनारको समेत घरगोठ समेत बगाएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...