यस्ता त छन नेपालका डाक्टर, नभाँचिएको हातमा प्लाष्टर गरिदिए



हाम्रो इकोनोमि

 

जिल्ला अस्पतालको चरम लापरबाहीका कारण एक बिरामीको सद्दे हात भाँचिएको भन्दै प्लास्टर गरिदिएको छ । विगतमा समेत अनेकौँ विवादमा पर्दै आएका जिल्ला अस्पतालले एक १६ वर्षीय बालकको हात भाँचिएको भन्दै प्लास्टर गरेर पठाएको हो ।

 

गत १९ साउनमा कुश्मा नगरपालिका–५ बगैँचाचोक बस्ने सीता बरालका १६ वर्षीय छोरा रोशन बराल नुहाउनका लागि बाथरुम जाने क्रममा लडे । लडेपछि उनको दाहिने हातमा बाहिरी कुनै चोट नलागे पनि केही दुःखेको अनुभव भएपछि भोलिपल्ट दुवै जना जिल्ला अस्पताल पुगे । त्यहाँ पुगेपछि डा. विनित थापाले उनको चेकजाँच गरेको सीताले बताइन् । त्यस लगत्तै थापाको टोलीले भाँचिएको आशंकामा एक्स–रे गरे ।

 

रिपोर्ट आएपछि अस्पतालले हातको कुहिनामा दुई ओटा हड्डी भाँचिएको जानकारी दियो । रोशनकी आमा सीताले भनिन्, ‘डाक्टरले कुहिनाको दुई ओटा हड्डी भाँचिएको छ । एउटा त प्लास्टरले जोडिन्छ अर्को भने जोडिन केही समय लाग्न सक्ने वा तत्काल अलि भर हुन्न भने ।’ डाक्टरको सल्लाह बमोजिम नै उनले १ हजार ५ सय १५ रुपैयाँ तिरेर रोशनको हातमा प्लास्टर गराएर फर्किन् ।

 

एउटा हड्डी जोडिने तर अर्को नजोडिन सक्ने चिकित्सकको सुझावपछि उनले केही राम्रो अस्पतालमा पुनः चेकजाँच गराउने निर्णय लिइन् । कलिलै छोराको हात पुनः बिग्रने डरले उनले रोशनलाई पोखराको फेवासिटी हस्पिटलमा लगिन् । फेवासिटीका हाडजोर्नी रोग विशेषज्ञ डा.दिनेश विकसँग घटना र पर्वत जिल्ला अस्पतालमा भएको रिपोर्ट देखाइन् । डा.विकले रोशनको सामान्य चेकजाँचमै रोशनको हातै नभाँचिएको बताए ।

 

सीतालाई द्विविधा प¥यो एउटा डाक्टरले भाँचियो भन्ने अर्कोले भाँचिएको छैन भनेपछि । तर, डा. विकले पुन एक्सरे गराएर सीतालाई देखाइदिएपछि उनी छक्क परिन् । जिल्ला अस्पतालबाट पीडित बनेकी सीताले भनिन्, ‘छोराको हात भाँचियो भनेर लगेको तर पोखराको डाक्टरले त नभाँचिएको हातमा किन प्लास्टर गरेको ? भन्दै फुकाइदिए ।

 

‘कुश्मामा १५ सय तिरेर लगाएको प्लास्टर फुकाइदिएर पोखराको डाक्टरले ४५ रुपैयाँको औषधि दिएपछि अहिले दुःखाइ हट्यो’, उनले भनिन् । जिल्लाको कुश्मा बजारमा रहेको राष्ट्रिय बाल शिक्षा सदनको कक्षा ९ मा पढ्ने रोशन अहिले नियमित विद्यालय गइरहेका छन् भने कुनै पनि समस्या नरहेको परिवारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...