अबदेखी ज्युँदैमा दाहसंस्कार गर्ने ब्यवस्था, विवाहपछि श्रीमतीको थर राख्न पाउने



 

मानिसको मृत्युपछि कसरी दाहसंस्कार गर्ने भन्नेबारेमा आफैँले निर्णय गर्ने गरी कानुन बनाइएको छ । यही भदौदेखि लागू हुने मुलुकी देवानीसंहिता २०७४ मा आफ्नो दाहसंस्कार, काजकिरिया वा सद्गद्को विधि निर्धारण गर्न सक्ने उल्लेख गरिएको छ । उक्त कानुनअनुसार, व्यक्तिले आफू जीवित छँदै आफ्नो मृत्युपछि दाहसंस्कार कसरी गर्ने भन्नेबारेमा तय गर्न सक्नेछ ।

 

यसरी जिउँदै हुँदा गरिएको योजनाअनुरूप हकवालाले दाहसंस्कार र काजकिरिया गर्नुपर्नेछ । आफ्नो दाहसंस्कारको योजनाबिना नै कसैको मृत्यु भएमा परम्पराअनुरूपको दाहसंस्कार गर्नुपर्ने व्यवस्था नयाँ कानुनमा गरिएको छ ।

 

कुनै व्यक्ति बिनासूचना लगातार १२ वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउनुपर्ने व्यक्तिले १२ वर्षसम्म जानकारी नपाएमा त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने कानुनमा उल्लेख छ । मृत घोषणा गरिएको व्यक्ति जीवित फर्किएमा मृत्यु बदर हुने भनिएको छ । यदि त्यस्ता व्यक्तिका पत्नीले विवाह गरिसकेको भए त्यस्तो विवाह बदर नहुने स्पष्ट उल्लेख भए पनि पतिले विवाह गरिसकेपछि पत्नी फर्किए के हुने भन्ने उल्लेख छैन ।

 

विवाहमा अन्योल
विवाहसम्बन्धी कानुनमा बहुविवाह गर्न नपाइने र बहुविवाह स्वतः रद्द हुने कुरा स्पष्ट उल्लेख गरिएको छ । तर, कुनै महिला र पुरुषबीच शारीरिक सम्पर्क भएर बच्चा जन्मिएमा स्वतः विवाह भएको मानिनेछ भनिएको छ । यदि विवाहितहरूबीचको सम्पर्कबाट बच्चा जन्मियो भने के हुन्छ भनी उल्लेख छैन ।

 

कानुनमा बलात्कार र हाडनाता करणीका कारणबाट जन्मिएका बच्चाको सवालमा स्वतः विवाह भएको मानिनेछैन भनिएको छ । यीबाहेक अन्यबीचको सम्बन्धबाट सन्तान जन्मिएमा स्वतः विवाह भएको मानिनेछ भनिएको छ । यो कानुनलाई जस्ताको तस्तै मान्ने हो भने पहिला बच्चा जन्मिएकाहरूको हकमा बहुविवाह मानिनेछैन भनेर लिनुपर्ने हुन्छ ।

 

विवाहपछि थर कसको ?
मुलुकी ऐनमा विवाहित महिलाको थर प्रयोगसम्बन्धी व्यवस्था पनि गरिएको छ । विवाहित महिलाको सवालमा माइती या श्रीमान् जसको थर राखे पनि कानुनले छुट दिएको छ । कानुनतः महिलाले दुवै थर पनि राख्न पाउनेछन् । तर, विवाहिता महिलाको थरको सम्बन्धमा कुनै प्रश्न उठेमा अन्यथा प्रमाणित भएकोमा बाहेक आफ्नो पतिको थर मान्य हुने भनिएको छ ।

 

यो व्यवस्थाले अहिले राजनीतिमा भएका महिलाहरूले माइतीको थरबाट प्राप्त गरेको आरक्षण गलत हुनेछ । भदौ महिनापछि आरक्षणमा कुनै पद लिँदा विवाहित महिलाले पतिको थरबाट लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको