उत्तर कोरियाको भ्रमण रोकेर भारत जाँदै प्रचण्ड, मोदीसँग यस्तो गोप्य छलफल गर्ने तयारी



हाम्रो इकोनोमि

 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तर कोरिया भ्रमणको कार्यक्रम स्थगित गरेका छन् । उत्तर कोरिया जाने कार्यक्रम स्थगित गरेर उनी भारत भ्रमणमा जाँदै छन् ।

पाटी एकता पछि  दुई पद मध्य एक आफुलाई चहीने दाबी गदै आएका प्रचण्डले मोदीसँगको भेटमा यो कुरापनि उठाउने भएका छन । भेटमा उनले पाटी अध्यक्ष २ जाना नै हुने हो भने प्रधनमन्त्री पनि आदी समय आफुले पाउनुपर्ने माग उठाउने स्रोतको दाबी छ ।

 

आगामी सेप्टेम्बर ९ तारिखमा आयोजना हुने उत्तर कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी हुन प्रचण्डलाई निम्तो आएको थियो । तर, सोही समयमा भारत भ्रमणको मिति निश्चित गरिएकाले उनले यसपटक आउन नसक्ने जवाफ नेपालस्थित कोरियाली राजदूतावासमा दिएको स्रोतले बतायो ।

 

नेकपाका एक नेताले  भने, ‘उत्तर कोरियाबाट अध्यक्ष प्रचण्डकै नेतृत्वको टोलीलाई भ्रमणको निम्तो आएको थियो । जाने भनेर तयारी पनि गरिएको थियो । तर अहिले सकिएन, अर्को कुनै अवसरमा आउँला भनेर भनिएको छ ।’

 

प्रचण्डको सट्टामा अरु कसैलाई पठाउने कि नपठाउने भन्ने विषयमा पार्टीले निर्णय गर्ने ती नेताले बताए ।

उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीले प्रचण्डलाई भ्रमणको निम्तो दिएको थियो । उक्त निम्तो पत्र नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ्ग हकले प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

 

नेकपाका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत सहभागी उक्त भेटमा प्रचण्डले राजदूतलाई उत्तर कोरिया जाने बताएका थिए । तर, पछि उनले व्यस्तताको कारण देखाउँदै उत्तर कोरिया जाने कार्यक्रम स्थगित गरे ।

यसअघि नेकपाका नेता माधवकुमार नेपालले उत्तर कोरियाको भ्रमण गरेका थिए ।

 

प्रचण्डको भ्रमण स्थगित हुनुमा विदेशको राजनीतिले प्रभाव पारेको स्रोतको दाबी छ । नेकपा एक नेताले भने, ‘उत्तर कोरियालाई हेर्ने दृष्टिकोणलाई लिएर विश्व विभाजित छ । त्यसको प्रभाव नेपालमा  पनि पर्ने नै भयो । अहिले प्रचण्डको भ्रमण स्थगित हुनुमा पनि ग्लोबल पोलिटिक्स जिम्मेवार छ ।’

प्रचण्डनिकट स्रोतले भने अन्य केही कारणले नभई समय अभावमात्रै भ्रमण स्थगनको कारकतत्व रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...