बाबुले खुकुरी प्रहार गरी छोरा र भाईको हत्या



हाम्रो इकोनोमि

 

रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको खुकुरी प्रहार गरी हत्या गरेका छन् । मुसीकोट १४ लोरीबाङ लरेखेतका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

 

त्यस्तै उनले खुकुरी प्रहार गरी दुई छोराहरुलाई घाईते बनाएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । खड्काका अनुसार दुई वर्षदेखि मानसिक सन्तुलन बिग्रिएका शंकरले बुधबार बिहान छोरा र भाई माथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् ।

 

उनले आफै माथि पनि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको खड्काको भनाई छ । उनलाई नियन्त्रणमा लिएर जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । शंकरका घाईते दुई छोराहरुको पनि जिल्ला अस्पतालमा उपचार भैरहेको छ । दुई मध्ये एक छोराको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...