बाबुले खुकुरी प्रहार गरी छोरा र भाईको हत्या



हाम्रो इकोनोमि

 

रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको खुकुरी प्रहार गरी हत्या गरेका छन् । मुसीकोट १४ लोरीबाङ लरेखेतका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

 

त्यस्तै उनले खुकुरी प्रहार गरी दुई छोराहरुलाई घाईते बनाएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । खड्काका अनुसार दुई वर्षदेखि मानसिक सन्तुलन बिग्रिएका शंकरले बुधबार बिहान छोरा र भाई माथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् ।

 

उनले आफै माथि पनि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको खड्काको भनाई छ । उनलाई नियन्त्रणमा लिएर जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । शंकरका घाईते दुई छोराहरुको पनि जिल्ला अस्पतालमा उपचार भैरहेको छ । दुई मध्ये एक छोराको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...