संघीयतालाई समाप्त पार्ने विभिन्न खेल, मुलुक ठूलो दुर्घटनामा फस्ने मन्त्री यादवको चेतावनी



हाम्रो इकोनोमि

 

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संघीयतालाई समाप्त पार्ने विभिन्न खेलहरु भइरहेको बताउनुभएको छ । संघीयता समाप्त पारे मुलुक ठूलो दुर्घटनामा फस्न सक्ने भन्दै सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्ने खाँचो औल्याउनुभयो । उहाँले संघीयता सफल भएमात्र लोकतन्त्र संस्थागत हुने बताउनुभयो ।

 

नेपाल बौद्धिक पेशाकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘नेपालमा सङ्घीयता कार्यान्वयन’ विषयक विचार गोष्ठीमा उहाँले सङ्घीयतालाई बलियो बनाउन सबै लाग्नुपर्ने बताउनुभएको हो । “सङ्घीयतालाई समाप्त पार्ने विभिन्न खेलहरु भइरहेको छ, सङ्घीयतालाई समाप्त पारे मुलुक ठूलो दुर्घटनामा जान सक्छ,” उहाँले भन्नुभयो । नेपालको विकासका लागि पनि सङ्घीयता आवश्यक रहेको उहाँको भनाइ थियो ।

जुम्लामा झाडापखाला प्रकोप: सातादिनमै ५० भन्दा बढी बिरामी

हिमा गाउँपालिकाको ठूला चिउडीमा पुनः झाडापखाला प्रकोप फैलिएको छ । एक साताभित्र ५० भन्दा बढी स्थानीय बासिन्दा बिरामी परेका छन् । साउन १९ देखि फैलिएको झाडापखाला २४ गते नियन्त्रणमा आएको थियो । सोमबारदेखि पुनः फैलिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रबाट हेल्थ असिस्टेन्ट हंस महताराको नेतृत्वमा गाउँ पुगेको स्वास्थ्यटोलीले १८ जनाको उपचार गरेको थियो ।

 

अहिले केन्द्रको इमरजेन्सीमा १५ र ओपीडीमा २४ जनाको उपचार गरिएको प्रतिवेदन जिल्ला प्रशासनमा आएको प्रजिअ विष्णु पौडेलले बताए । झाडापखालाले महामारीकै रूप भने लिइनसकेको उनको भनाइ छ । ‘रोग नियन्त्रणका लागि प्रयास भइरहेको छ,’ उनले भने, ‘स्वास्थ्य टोलीले गाउँमै पुगेर फेरि बिरामीको उपचार थालेको छ ।’

 

छाडिखोला मूलमा खोलाको दूषित पानी मिसिएपछि गाउँभरि झाडापखाला फैलिएको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुका कर्मचारी रवीन्द्र भण्डारीले बताए । झाडापखालाले गाउँ नै प्रभावित भएको भन्दै तत्काल उपचारको पहल गर्न स्थानीय लक्ष्मण शाहीले जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका छन् । जिल्ला जनस्वास्थ्य र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि ध्यानाकर्षण गराएको उनले बताए ।

 

गम्भीर अवस्थामा पुगेका हिमा गाउँपालिका–७, ठूलाचिउडीकी ४६ वर्षीया चाउली कामी र ४८ वर्षीय कौशिला रोकायालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा रेफर गरिएको छ । उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र, कालिकाखेतु लगिएको थियो । शिक्षण अस्पतालमा अहिले चार जनाको उपचार भइरहेको छ ।

 

झाडापखाला नियन्त्रणका लागि आवश्यक औषधि र चिकित्सक टोली ठूलाचिउडी पठाउने तयारी भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । ‘बुधबार जिल्ला जनस्वास्थ्य र प्रतिष्ठानको टोली त्यसतर्फ जाँदै छ,’ उनले भने, ‘मंगलबार गाउँमा पानी परेकाले स्वास्थ्यकर्मीको टोली पठाउन नसकिएको हो ।’ शनिबार स्वास्थ्यकर्मीले खानेपानी ट्यांकीमा पोटास राखेर शुद्धीकरण गरे पनि पुनस् झाडापखाला फैलिएको स्थानीय प्रशासनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...